१९ मंसिर २०८२, बिहिबार
04-12-2025 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनमा अन्तरक्रिया

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, मंसिर १९, २०८१

विराटनगर,१९ मसिर । उद्योग-व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्वन्धमा ईन्टर डिसिप्लिनरी एनालिष्ट (आई.डि.ए) र उद्योग संगठन मोरङको समन्वयमा गत असोजमा उद्योग व्यवसायहरुमा भएको उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष  राकेश सुरानाले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई उर्जासंग सम्वन्धी वहस र पैरवीमा सहयोग पुग्ने वताए । उनले सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा उर्जा व्यवस्थापनका लागि अपनाउनु पर्ने सुधारका सम्वन्धमा सरोकारवाला पक्ष्ँहरुको ध्यानाकर्षण गराई प्राप्त उर्जाको वास्तविक अवस्थाबाट अवगत गराउदै गुणस्तरमा सुधारका लागि पहल गर्ने स्पष्ट पारे ।

कार्यक्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका अध्यक्ष्ँ दिपक ज्ञवालीले ठूला, मझौला, साना, कुटिर र परम्परागत शिपबाट सञ्चालित उद्योग÷व्यवसायहरुमा सर्वेक्ष्ँण गरिएको जानकारी गराए । उनले सर्वेक्षणको क्रममा उद्योगले प्रयोग ईन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त उर्जाको गुणस्तर जस्ता कुरालाई ध्यानमा राखीएको वताए । त्यसैगरी उर्जा दक्ष्ँता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार, उर्जा खपत न्यूनिकरणका उपायलाई केन्द्रमा राखी गरेको सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारको योजना वनाउदा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिवदेन प्रस्तुतीको क्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले उद्योग व्यवसाय क्ष्ँेत्रको अवस्थालाई मनन गरी नीतिहरु तय गर्नुपर्ने, गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, साना उद्योगहरुको संरक्ष्ँणका लागि उर्जामा सहुलियत प्रदान गर्नुपर्ने सुझाव सर्वेक्षणबाट प्रँप्त भएको वताए ।

निर्देशक शर्माले आइ.डि.ए ले गरेको सर्वेक्षणबाट प्राप्त तथ्यांक प्रशोधन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन भएको स्पष्ट पार्दै थप विषयहरुलाई अन्तिम प्रतिवेदनमा समावेश गरिने वताए ।

उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ भोलेश्वर दुलाल, विपिन कावरा, कार्यसमिति सदस्य एवं उर्जा समितिका संयोजक सन्तोष भगत, सृजन प्याकुरेलका साथै उद्योग प्रतिष्ठानका संचालक र व्यवस्थापकहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]