२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनमा अन्तरक्रिया

Logo
जनचर्चा संवाददाता

विराटनगर,१९ मसिर । उद्योग-व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्वन्धमा ईन्टर डिसिप्लिनरी एनालिष्ट (आई.डि.ए) र उद्योग संगठन मोरङको समन्वयमा गत असोजमा उद्योग व्यवसायहरुमा भएको उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष  राकेश सुरानाले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई उर्जासंग सम्वन्धी वहस र पैरवीमा सहयोग पुग्ने वताए । उनले सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा उर्जा व्यवस्थापनका लागि अपनाउनु पर्ने सुधारका सम्वन्धमा सरोकारवाला पक्ष्ँहरुको ध्यानाकर्षण गराई प्राप्त उर्जाको वास्तविक अवस्थाबाट अवगत गराउदै गुणस्तरमा सुधारका लागि पहल गर्ने स्पष्ट पारे ।

कार्यक्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका अध्यक्ष्ँ दिपक ज्ञवालीले ठूला, मझौला, साना, कुटिर र परम्परागत शिपबाट सञ्चालित उद्योग÷व्यवसायहरुमा सर्वेक्ष्ँण गरिएको जानकारी गराए । उनले सर्वेक्षणको क्रममा उद्योगले प्रयोग ईन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त उर्जाको गुणस्तर जस्ता कुरालाई ध्यानमा राखीएको वताए । त्यसैगरी उर्जा दक्ष्ँता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार, उर्जा खपत न्यूनिकरणका उपायलाई केन्द्रमा राखी गरेको सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारको योजना वनाउदा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिवदेन प्रस्तुतीको क्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले उद्योग व्यवसाय क्ष्ँेत्रको अवस्थालाई मनन गरी नीतिहरु तय गर्नुपर्ने, गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, साना उद्योगहरुको संरक्ष्ँणका लागि उर्जामा सहुलियत प्रदान गर्नुपर्ने सुझाव सर्वेक्षणबाट प्रँप्त भएको वताए ।

निर्देशक शर्माले आइ.डि.ए ले गरेको सर्वेक्षणबाट प्राप्त तथ्यांक प्रशोधन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन भएको स्पष्ट पार्दै थप विषयहरुलाई अन्तिम प्रतिवेदनमा समावेश गरिने वताए ।

उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ भोलेश्वर दुलाल, विपिन कावरा, कार्यसमिति सदस्य एवं उर्जा समितिका संयोजक सन्तोष भगत, सृजन प्याकुरेलका साथै उद्योग प्रतिष्ठानका संचालक र व्यवस्थापकहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]