२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

पाँच लाखको चेक बाउन्स प्रकरण: विराटनगर-१२ का वडाध्यक्ष कामत समातिए

Logo
जनचर्चा संवाददाता

विराटनगर, पाैष ९ । बैंकिङ कसुर मुद्दामा विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतलाई सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीका अनुसार मंसिर २५ गते मोरङ अदालतबाट जारी भएको पक्राउ पूर्जीको आधारमा कामतलाई पक्राउ गरिएको हो । जहदा गाउँपालिका-३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरले दिएको जाहेरीमा कामतले दिएको ५ लाख रुपैयाँको चेक बाउन्स भएको उल्लेख छ । सोही जाहेरीका आधारमा कात्तिक महिनामा कामतविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाध्यक्ष कामतलाई उजुरी दिने ठाकुर पनि सोही पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् । प्रहरीले कामतलाई मंगलबार अदालतमा पेश गरी थप अनुसन्धान अगाडि बढाउने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]