२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

जीवन विकासले गर्याे १४ प्रतिशत बोनस पारित

Logo
जनचर्चा संवाददाता

विराटनगर,२९ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०-०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७०-०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।
आर्थिक वर्ष २०८०-०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरुका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजनसमेतका लागि हो ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

३१ जिल्लामा जीवन विकास

जीवन विकास लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा कार्यक्षेत्र थियो । कार्यक्षेत्र विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सदस्यहरुको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको छ । लघुवित्तको शाखा संख्या १६० वटा छन् ।
१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०-०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए जीवन विकासले अन्य बैंक सहर नै आफ्ना सदस्यहरुलाई डिजिटल सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

‘डिजिटल सेवा तर्फ जीवन विकासले सदस्यलाई कमर्सियल बैंक भन्दा कम सेवा दिएको छैन, सदस्यलाई सबै सुविधा दिएका छौं, गाउँगाउँमा ह्युमन एटिएमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने,‘ जीवन विकासबाट डिजिटल क्षेत्रमा नमुना योग्य काम गरेका छौँ ।’
नेपालको दोस्रो ठूलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ । लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

साधारणसभा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विक्रमराज सुवेदीले लघुवित्तका लागि विभिन्न अवरोध सृजना भइरहेको बताए ।
असहज परिस्थीतिमा पनि लघुवित्तले सदस्यलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताए । ‘आर्थिक मन्दीको प्रभावको कारण व्यापार, व्यवसाय तथा रोजगारीमा आएको संकुचनले समग्र लघुवित्त क्षेत्रलाई नकारात्मक असर गरेको छ,’ उनले भने,‘केही समूह तथा व्यक्तिहरुले लघुवित्त वित्तीय संस्थाहरु विरोधी गतिविधि संचालन गरी लघुवित्त कार्यक्रममा अवरोध सृजना गर्ने, लघुवित्त संस्थाहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिने, कर्मचारीहरुलाई गालीगलौज तथा हातपात गर्ने, सोझासिधा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याउने कार्य भइरहेको छ ।’

आर्थिक क्षेत्रको अवस्था क्रमिक रुपमा सुधार हुने बताउँदै उनले भने,‘विषम परिस्थितिमा पनि सबै कर्मचारीहरुको अथक परिश्रमबाट चुनौतीहरुलाई अवसरका रुपमा परिणत गर्दै विपन्न तथा असहाय परिवारलाई आयमुलक कार्यमा सामेल गराई सहयोग गर्ने कार्यहरु प्रभावकारी भएका छन् ।’

लघुवित्तमाथि प्रहार भइरहेको छ : सांसद मण्डल

जीवन विकासको साधारणसभा उद्घाटन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि प्रहार भइरहेको बताएका छन् । व्यवस्थीत रुपमा सञ्चालन भइरहेका लघुवित्तलाई धरासायी बनाउनका लागि योजनावद्ध रुपमा प्रहार भइरहेको बताएका हुन् ।
विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन कमजोर बनाउने गिरोह सक्रिय रहेको उनको भनाई छ ।

लघुवित्त विरुद्धको अभियान कमजोर भइरहेकाले विचलित नभइ सेवा प्रहाव गर्न लघुवित्तलाई आग्रह गरे ।
जीवन विकासको संस्थापकसमेत रहेका मण्डलले ग्रामीण अर्थतन्त्रको विकासका लागि लघुवित्त आवश्यक रहेकाले यसको संरक्षणमा सबै निकायले ध्यान दिनुपर्ने बताए । उनले लघुवित्तको सञ्चालक र व्यवस्थापन समितिलाई सहज र व्यवस्थीत रुपमा सदस्यहरुलाई सेवा प्रवाहमा केन्द्रीत हुन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]