३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराट एक्स्पोमा विटुवि पेभिलियनको व्यवस्था

Logo
जनचर्चा संवाददाता

विराटनगर,२ माघ ।
विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो २५ मा विराट बजार विटुवि पेभिलियन औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्यलागि महत्वपूर्ण हुने छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन ।

यो पेभिलियनमा औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको इकोशिष्टम अभिबृद्धि गर्न एक्स्पोको मूख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सीलेन्सका रुपमा प्रस्तुत गर्दै छ ।

पेभिलियन अन्र्तगत बिटुबि डेष्कमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन । बिशेषगरी एसएमईसहरुसँग अन्य उद्योगहरुको व्यवसायीक सम्पर्क बढाउने गरि यसले काम गर्ने छ ।

त्यसैगरी बजार प्रवर्धनकालागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था यो पेभिलियनमा गरिने छ ।

त्यसैगरी एक्स्पोमा विराट बजार विटुवि प्लेटफर्म पेभिलियनको पनि व्यवस्था हुने छ । यो पेभिलियनले विशेषगरी छरिएर रहेका लघु घरेलु साना उद्योग, स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न, ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउने देखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।

यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफम तयार गरिएको संगठनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]