१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

“सर्च एण्ड डिस्ट्रोइ” डेंगु अभियानमा विराटनगर

Logo
प्रकाशित आइतबार, भाद्र २९, २०७६

विराटनगर, भाद्र २९
डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगर “सर्च एण्ड डिस्ट्रोइ” अभियानमा जुटेको छ । सो अभियान अन्तर्गत डेंगुका संक्रमित लामखुट्टेलाई महानगरले खोजी खोजी नष्ट गर्ने बताइएको छ ।
शनिबारबाट विद्यालय र सरकारी कार्यालयहरूमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै डंगु नियन्त्रण अभियान सुरु गरेका थिए । यसभन्दा अगाडि बस्तीहरूमा मात्र फगिङ गरिएको थियो ।
महानगरले यसपटक विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान सुरु गरेको छ । शनिबारमात्रै वडा नम्बर ७ र १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयहरूमा फगर मेसिनबाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमशः सञ्चालन गर्ने बताइएको छ ।
केही महिनाअघिबाट डेंगुबाट संक्रमित बिरामीको संख्या विराटनगरमा पनि बढेकाले नियन्त्रणको लागी महानगरले उक्त अभियान संचालन गरेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]

विराटनगर २८ जेठ : विराटनगर महानगरपालिकाले केही दिनदेखि बढेको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक सूचनामार्फत जेठ २८ देखि ३० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेका हुन् । महानगरपालिकाद्वारा विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ,’प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक […]

विराटनगर २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा […]