१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराट एक्स्पोले स्वादेशी कफीको स्वाद निशूल्क चखाउने

Logo
जनचर्चा संवाददाता

माघ ११, विराटनगर
नेपालमा कुनकुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भइरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसवारे जानकारी लिन र निशूल्क स्वाद चाख्न यसका पारखीले विराट एक्स्पो नै पुग्नु पर्ने हुन्छ ।

माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोमा मुलुक भरीका कफी उत्पादक तथा व्यवसायीहरु कोशी प्रदेशका कफीका पारखीलाई नेपाली कफी वारे जानकारी दिन र निशूल्क स्वाद चखाउनैकालागि कुरेर वस्ने छन ।

उद्योग संगठन मोरङको आयोजनामा सुरु हुने एक्स्पोले नेपाली कफीको स्वाद चखाउन र आन्तरिक बजार प्रवद्धन गर्न ओपन लाटे आर्ट एण्ड डुइनिङ कम्पिडिसनका साथै पब्लिक कपिङ पेभिलियनको व्यवस्था गरिएका छ । त्यो पेभिलियनमा मुलुकभरीका कफी व्यवसायीहरुले मेशिन र हातवाट कफीमा आर्ट गर्ने कला प्रर्दशनी गदैै नेपाली कफीको स्वाद निशूल्क चखाउने अनि यसको खेती र व्यवसायकालागि उपदेशपनि दिने छन ।

त्यसको सहजी करणकालागि विगत सात वर्षदेखि नेपाली कफीको प्रबद्धनको काम गर्दै आएका ओयकप कफीका सस्थापक सञ्चालक अभिनायक मल्ल पेभिलियनमा रहने छन । विदेशी उत्पादनको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । तर प्रचार प्रसारको अभावमा स्वदेशी बजार विदेशी कफीले ओगटेको छ । मल्लले भने कोशी प्रदेशका कफी पारखीलाई एक्स्पोमा नेपाली कफीको गुणस्तरको जानकारी दिदै निशूल्क रुपमा स्वादपनि चखाइने छ ।

एक्स्पोमा मुलुकभरीका ५० भन्दावढी कफी उत्पादक तथा व्यवसायी आ–आफनो ठाउँमा उत्पादन र प्रशोधन भएको कफी लिएर आउने छन । मल्लले भने उनीहरुले आ–आफनो कफीको गुणस्तर वताउदै स्वादपनि निशूल्क चखाउने छन । उनले भने नेपाली कफीको अब्बल गुणस्तर र स्वादमा उपलब्ध भएपनि प्रचार प्रसार नहुँदा विदेशी उत्पादनका सामु निरिह हुँदै आएको छ ।

विदेश कफीको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । नेपाली कफीको प्रचार प्रसार नभएरै विदेशी कफीले स्वदेशी बजार अतिक्रमण गरेको मल्लको दावी छ । उनले भने नेपाली कफीको उत्पादन लागत बढी लाग्ने भएकाले विदेशी कफीभन्दा केही महँगो परेपनि विदेशी उत्पादनसँग गुणस्तर र स्वादमा प्रतिष्पधै हुन सक्तैन ।

एक्स्पोमा नेपाली कफीको बजार प्रबद्धनकालागि गुणस्तर वारे जानकारी दिएर निशूल्क रुपमा स्वाद चखाउने मात्र काम गरिदैन । कफी खेतीगर्न र व्यवसाय गर्न इच्छुकलाई फर्मदेखि क्याफे सम्मको जानकारी पनि दिइने मल्लले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]