२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बालबालिकामा भर्चुअल अटिजम रोक्न हेरिटेज स्कुलले विशेष पाठ्यक्रम सुरु गर्दै

Logo
जनचर्चा संवाददाता

विराटनगर, माघ १६। बालबालिकामा डिजिटल लत र भर्चुअल अटिजम रोक्ने उद्देश्यका साथ विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलले डिजिटल साक्षरता पाठ्यक्रम सुरु गर्ने भएको छ ।बालबालिकामा बढ्दो डिजिटल लत र यसबाट उत्पन्न हुनसक्ने भर्चुअल अटिजमको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम नै सुरु गर्न लागेको हो ।

सानै उमेरदेखि बढ्दो `स्मार्टफोन र ट्याब्लेटको प्रयोगले बालबालिकामा देखिन थालेको भर्चुअल अटिजमको समस्यालाई निराकरण गर्न स्कुलले फरक प्रयास थाल्न लागेको हो ।अति सानो उमेरदेखि नै डिजिटल उपकरणको प्रयोगले बालबालिकाको भाषा विकास, सामाजिक सीप र संवेगात्मक विकासमा असर पार्न सक्ने जोखिम निराकरणको प्रयास गर्न लागिएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले बताए । उनले आगामी वैशाखदेखि सुरु हुने नयाँ सेसनबाट लागू हुनेगरी पाठ्यक्रम तयार पारिएको जानकारी दिए ।विशेषगरी मन्टेश्वरी तहका बालबालिकाका लागि हुनेगरी बनाएको पाठ्यक्रम नितान्त गतिविधिमूलक रहने उनको भनाइ छ ।

अत्यधिक स्क्रिन हेर्दा वा डिजिटल उपकरणको प्रयोगले बालबालिकाको सामाजिक सम्बन्ध, संवाद क्षमता र व्यवहारमा नकारात्मक असर पार्न सक्छ ।यसै कुरालाई ध्यानमा राखेर तयार पारिएको पाठ्यक्रमको मुख्य उद्देश्य भनेको बालबालिकालाई प्रविधिको सकारात्मक प्रयोग सिकाउनु रहेको हेरिटेजकी डाइरेक्टर वर्णिका राठीले जानकारी दिइन् । यस्तै, मोन्टेश्वरी प्रमुख निर्मला तामाङले यो पाठ्यक्रमले साना नानीहरूलाई सानै उमेरदेखि डिजिटल युगमा जिम्मेवार र सचेत बन्न सिकाउने बताइन् । विराटनगर महानगरपालिका–४ सप्तकोशी मार्गमा रहेको हेरिटेज इन्टरनेसनलमा बालकक्षादेखि १० सम्ममा तीन सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये प्ले ग्रुपमा पढ्ने विद्यार्थीहरूका लागि स्कुलले फरक प्रयासस्वरूप डिजिटल साक्षरताको पाठ्यक्रम लागू गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]