१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बालबालिकामा भर्चुअल अटिजम रोक्न हेरिटेज स्कुलले विशेष पाठ्यक्रम सुरु गर्दै

Logo
जनचर्चा संवाददाता

विराटनगर, माघ १६। बालबालिकामा डिजिटल लत र भर्चुअल अटिजम रोक्ने उद्देश्यका साथ विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलले डिजिटल साक्षरता पाठ्यक्रम सुरु गर्ने भएको छ ।बालबालिकामा बढ्दो डिजिटल लत र यसबाट उत्पन्न हुनसक्ने भर्चुअल अटिजमको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम नै सुरु गर्न लागेको हो ।

सानै उमेरदेखि बढ्दो `स्मार्टफोन र ट्याब्लेटको प्रयोगले बालबालिकामा देखिन थालेको भर्चुअल अटिजमको समस्यालाई निराकरण गर्न स्कुलले फरक प्रयास थाल्न लागेको हो ।अति सानो उमेरदेखि नै डिजिटल उपकरणको प्रयोगले बालबालिकाको भाषा विकास, सामाजिक सीप र संवेगात्मक विकासमा असर पार्न सक्ने जोखिम निराकरणको प्रयास गर्न लागिएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले बताए । उनले आगामी वैशाखदेखि सुरु हुने नयाँ सेसनबाट लागू हुनेगरी पाठ्यक्रम तयार पारिएको जानकारी दिए ।विशेषगरी मन्टेश्वरी तहका बालबालिकाका लागि हुनेगरी बनाएको पाठ्यक्रम नितान्त गतिविधिमूलक रहने उनको भनाइ छ ।

अत्यधिक स्क्रिन हेर्दा वा डिजिटल उपकरणको प्रयोगले बालबालिकाको सामाजिक सम्बन्ध, संवाद क्षमता र व्यवहारमा नकारात्मक असर पार्न सक्छ ।यसै कुरालाई ध्यानमा राखेर तयार पारिएको पाठ्यक्रमको मुख्य उद्देश्य भनेको बालबालिकालाई प्रविधिको सकारात्मक प्रयोग सिकाउनु रहेको हेरिटेजकी डाइरेक्टर वर्णिका राठीले जानकारी दिइन् । यस्तै, मोन्टेश्वरी प्रमुख निर्मला तामाङले यो पाठ्यक्रमले साना नानीहरूलाई सानै उमेरदेखि डिजिटल युगमा जिम्मेवार र सचेत बन्न सिकाउने बताइन् । विराटनगर महानगरपालिका–४ सप्तकोशी मार्गमा रहेको हेरिटेज इन्टरनेसनलमा बालकक्षादेखि १० सम्ममा तीन सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये प्ले ग्रुपमा पढ्ने विद्यार्थीहरूका लागि स्कुलले फरक प्रयासस्वरूप डिजिटल साक्षरताको पाठ्यक्रम लागू गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]