०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थी सहभागी

सबैभन्दा बढी काठमाडौँमा ३९,६०० र सबैभन्दा कम मनाङमा ४३ जना विद्यार्थी सहभागी
Logo
जनचर्चा संवाददाता

काठमाडाैं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थीले परीक्षा दिँदैछन्, जुन गत वर्षको तुलनामा ४९ हजार बढी हो।

परीक्षा देशभरका २,०७९ केन्द्रमा बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भइरहेको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, सबै केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एक सहायक केन्द्राध्यक्ष र प्रत्येक २० जना विद्यार्थीका लागि एक निरीक्षक खटाइएको छ।

यस वर्ष केन्द्रीय कारागार, दैलेखका दुई कारागार, भक्तपुरको बालसुधार गृह र कीर्तिपुरको सफलता एचआइभी शिक्षा सदनबाट समेत विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। सबैभन्दा बढी काठमाडौँमा ३९,६०० र सबैभन्दा कम मनाङमा ४३ जना विद्यार्थी छन्।

परीक्षा चैत १९ गतेसम्म चल्नेछ र नतिजा असार ७ गतेभित्र सार्वजनिक गरिने छ। बोर्डले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ, जबकि गत वर्ष ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]