२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थी सहभागी

सबैभन्दा बढी काठमाडौँमा ३९,६०० र सबैभन्दा कम मनाङमा ४३ जना विद्यार्थी सहभागी
Logo
जनचर्चा संवाददाता

काठमाडाैं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थीले परीक्षा दिँदैछन्, जुन गत वर्षको तुलनामा ४९ हजार बढी हो।

परीक्षा देशभरका २,०७९ केन्द्रमा बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भइरहेको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, सबै केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एक सहायक केन्द्राध्यक्ष र प्रत्येक २० जना विद्यार्थीका लागि एक निरीक्षक खटाइएको छ।

यस वर्ष केन्द्रीय कारागार, दैलेखका दुई कारागार, भक्तपुरको बालसुधार गृह र कीर्तिपुरको सफलता एचआइभी शिक्षा सदनबाट समेत विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। सबैभन्दा बढी काठमाडौँमा ३९,६०० र सबैभन्दा कम मनाङमा ४३ जना विद्यार्थी छन्।

परीक्षा चैत १९ गतेसम्म चल्नेछ र नतिजा असार ७ गतेभित्र सार्वजनिक गरिने छ। बोर्डले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ, जबकि गत वर्ष ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]