१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा बहिरा क्रिकेट टि २० प्रतियोगिता हुँदै

Logo
जनचर्चा संवाददाता

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा झापा, सुनसरी, मोरङ र आयोजक राष्ट्रिय बहिरा क्रिकेट संघ गरी चार टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेता टिमले नगद ९० हजार रुपैयाँ र उपविजेता टिमले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस प्रतियोगिताले बहिरा समुदायका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ।
पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले प्रतियोगिताको उद्देश्य बहिरा समुदायमा क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउने रहेको बताए। यसले बहिरा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्षम बनाउने उनको भनाई छ।

प्रतियोगिताका सबै खेलहरू नि:शुल्क अवलोकन गर्न सकिने र दर्शकहरूलाई उत्साहजनक वातावरणमा खेल हेर्न आउन अध्यक्ष तिवारीले आग्रह गरेका छन्। बहिराहरुपनि क्रिकेट खेल्न सक्छन् भन्ने मनसाय बाट खेलको शुरुवात भएको दोभाषे सन्तोषी घिमिरेले जानकारी दिइन् । क्रिकेट खेल हुनु एकदिन अगावै बुधबार विराटनगर स्थित ट्राफिक चोकमा बहिरा खेलाडीहरुले सुचना प्रवाहिकरण गरेका थिए । उनीहरुले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस् । यहाँहरुलाई कस्तो लाग्छ ?”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]