०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

ट्रम्पको धम्कीपछि सुनको मूल्य आकाशियो

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ।

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला  १ लाख ९७ हजार ९ सय पुगेकाे छ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण अझैपनि सुनकाे मुल्य उकालाे लाग्ने देखिन्छ ।

विदेशी मिडियाका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई दिएको धम्कीका कारण सुनको मूल्यमा अचानक वृद्धि भएको हो। ट्रम्पले शुक्रबार ट्रुथ सोसियलमा लेखेका थिए, “धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्। अहिले ब्याजदर घटाउन नसकेमा अर्थतन्त्रमा मन्दी आउन सक्छ।” उनले फेडका अध्यक्ष जेरोम पावेललाई ब्याजदर तत्काल घटाउन निर्देशनात्मक शैलीमा भनेका थिए।

शुक्रबारदेखि आइतबारसम्म अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले ट्रम्पको अभिव्यक्तिको प्रभाव सोमबारबाट एकैपटक देखिएको हो। ट्रम्पको हस्तक्षेपले केन्द्रीय बैंकका नीतिहरू अस्थिर हुने र यसले अर्थव्यवस्थामा नकारात्मक असर पार्ने चिन्ताले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्। यसको परिणामस्वरूप सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा गिरावट आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]