२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणको माग

मोरङका प्रजिअलाई सरोकारवालाको ज्ञापनपत्र
Logo

मोरङ, आसोज ०४
बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणका लागि उक्त कम्पनीलाई निर्देशन दिनुपर्ने माग सहित मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनले लिएको थियो ।

दाया : अक्ष्यक्ष शर्मा

उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै निम्न स्तरको सामग्री प्रयोग गरेर बनाएको कस्टम यार्ड वर्ष दिन नबित्दै भत्किएको सामाचार विभिन्न पत्रपत्रिकामा आएपनी स्थानीय सरकारले चासो नदेखाएपछि शुक्रबार ज्ञापनपत्र बुझाइएको सिमान्चल मैत्री संवाद समुहको संयोजक राजेश कुमार शर्माले जानकारी दिए ।
उनले सार्वजनिक हित तथा महत्त्वको बिषयवस्तु भएको हुनाले भबिस्यमा त्यसको संरचनाबाट कुनै किसिमको भौतिक तथा मानवीय क्षति हुन नदिन स्थलगत निरिक्षण गरि उक्त निर्माण कम्पनीलाई पुनः निर्माण गर्न निर्देशन जारि गर्न ज्ञापनपत्र बुझाएको बताउनु भयो ।

पत्रमा कस्टम यार्ड निर्माणमा लाखौंको हिनामिना भएको हुनसक्ने आशंका समेत उल्लेख भएको छ । ज्ञापन पत्र बुझउन मैत्री संवाद समूहका गंगा प्रसाद यादव, आशा सरदार, चुरा ठकुरी,निमेश पोखरेल ,संजय मगर जिल्ला प्रमुखसमक्ष पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]