३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

देउवा पहिले प्रष्ट बोल्थे (अडियो सहित)

जिब्रोमा करेन्ट लागाईएको कुरा झुठ्ठो
Logo

असोज ०९, विराटनगर
नेपाली काग्रेसका नेता शेरबहादुर देउवाको आवाज प्रष्ट छैन् । राणा कालमा जिब्रोमा करेन्ट लगाइएको कारण उनको आवाज बिग्रिएको बेला–बेला कुरा बाहिर आउने गर्दछ ।तर जिब्रोमा करेन्ट लगाइएको कुरा सत्य नभएको केही आधारहरुले पृष्टी गरेको छ । उनी राणा कालको अन्त्य तिर (२००७ सालमा) जम्मा ३ बर्षका मात्र थिए र त्यस उमेरमा उनको जिब्रोमा करेन्ट लगाइनुु कुरा अपत्यारिलो हो ।

देउवा पहिले एकदमै प्रष्ट बोल्ने गर्दथे । २०६५ साल काठमाण्डौको खुलामंचमा गरेको भाषणमा उनको बोली प्रष्ट छ । पुरानो भाषणहरुमा, देउवाका आवज प्रष्ट बुझ्न र सुन्न सकिन्छ ।

खुलामंचमा देउवाको भाषण,२०६५ (अडियो )

 

६२/६३ अन्दोलनपछि उनमा छिटो छिटो बोल्ने बानीको बिकास भएको थियो । त्यसपश्च्यात विस्तारै क्रमिक रुपमा उनको आवज बिग्रदै गएको जानकारहरु बताउछन् । छिटो बाल्ने शैलीले विकासित रुप लिएपछि उनको उच्चारणमा अस्पष्टता आएको हुनसक्ने आनुमान गरिएको छ ।

साँझा फुलबारी डट स्पेशले दिएको श्रब्य र पठ्य समाग्रीको अधारमा तयार पारिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]