१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हत्याको आरोप लागेका ३ वडा अध्यक्ष अझ फरार

न्यायको माग गर्दै मृतकका आफन्तले गरे आदलत अगाडी प्रदर्शन
Logo

बिराटनगर, असोज ९
बिराटनगर १४ को श्यामानन्द यादवको हत्या आरोप लागेका फरार तीन जना वडाध्यक्ष सहित ९ जना अभियुक्तलाई पक्राउ गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत अगाडी प्रदर्शन गरेका छन् । जेठ ३२ गते बिवाहको बिषयलाई लिएर भएको विवादको क्रममा कुटपिटबाट घाइते भएको ५५ वर्षीय श्यामानन्द यादवको उपचारको क्रममा असार २७ गते बिहान कोशी अस्पतालमा मुत्यु भएको थियो ।
दुई महिना बितिसक्दा पनि हत्या आरोपी अभियुक्तहरु अहिलेसम्म फरार रहेकोले पीडित पक्षले पक्राउ गर्न माग गर्दै आज जिल्ला अदालत मोरङ अगाडी प्रदर्शन गरेको छन् ।
उक्त घटनामा सम्लग्न भएको आरोपमा बिराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादव , १८ का वडा अध्यक्ष संजय शाह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादव सहित ९ जना विरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि फरार भएको आरोपीहरुलाई प्रहरीले फेला पर्न सकेको छैन भने हत्याकै आरोपी दिपेश यादव आफै हाजिर भएको छ । प्रहरीले हत्यामा १० जनाको संलग्नता भएको दाबी सहितको अनुसन्धान प्रतिबेदन अदालतमा बुझाई सकेको छ ।
आज मुतकका आफन्त तथा नगरिक समाजले हत्यामा संलग्न आरोपिलाई पक्राउ गरि कानुनी दायरामा लयाउनु पर्ने माग गर्दै अदालत अगाडी प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
हत्यामा संलग्न बिराटनगर महानगरपालिका १४ का वडाघ्यक्ष बलदेव यादव , उहाँको छोरा रबिन यादव , १८ न. वडाध्यक्ष संजय यादव , भोला यादव , किरानी भनिने दिनेश यादव , १४ न. को शम्भु भनिने बिजय यादव ,जहदा गाउँपालिका १ वडाध्यक्ष प्रदीप यादव , बिन्देश्वर यादव , बिरेश यादव हालसम्म पनि फरार रहेकोले यथासिघ्र पक्राउ गरि पीडित पक्षको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]