०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
Gold Silver Price (3 chaitra 2081, SUN)
Fine Gold 1 Tola NRs. 174600
Silver 1 Tola Nrs. 2060

हत्याको आरोप लागेका ३ वडा अध्यक्ष अझ फरार

न्यायको माग गर्दै मृतकका आफन्तले गरे आदलत अगाडी प्रदर्शन
Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

बिराटनगर, असोज ९
बिराटनगर १४ को श्यामानन्द यादवको हत्या आरोप लागेका फरार तीन जना वडाध्यक्ष सहित ९ जना अभियुक्तलाई पक्राउ गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत अगाडी प्रदर्शन गरेका छन् । जेठ ३२ गते बिवाहको बिषयलाई लिएर भएको विवादको क्रममा कुटपिटबाट घाइते भएको ५५ वर्षीय श्यामानन्द यादवको उपचारको क्रममा असार २७ गते बिहान कोशी अस्पतालमा मुत्यु भएको थियो ।
दुई महिना बितिसक्दा पनि हत्या आरोपी अभियुक्तहरु अहिलेसम्म फरार रहेकोले पीडित पक्षले पक्राउ गर्न माग गर्दै आज जिल्ला अदालत मोरङ अगाडी प्रदर्शन गरेको छन् ।
उक्त घटनामा सम्लग्न भएको आरोपमा बिराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादव , १८ का वडा अध्यक्ष संजय शाह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादव सहित ९ जना विरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि फरार भएको आरोपीहरुलाई प्रहरीले फेला पर्न सकेको छैन भने हत्याकै आरोपी दिपेश यादव आफै हाजिर भएको छ । प्रहरीले हत्यामा १० जनाको संलग्नता भएको दाबी सहितको अनुसन्धान प्रतिबेदन अदालतमा बुझाई सकेको छ ।
आज मुतकका आफन्त तथा नगरिक समाजले हत्यामा संलग्न आरोपिलाई पक्राउ गरि कानुनी दायरामा लयाउनु पर्ने माग गर्दै अदालत अगाडी प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
हत्यामा संलग्न बिराटनगर महानगरपालिका १४ का वडाघ्यक्ष बलदेव यादव , उहाँको छोरा रबिन यादव , १८ न. वडाध्यक्ष संजय यादव , भोला यादव , किरानी भनिने दिनेश यादव , १४ न. को शम्भु भनिने बिजय यादव ,जहदा गाउँपालिका १ वडाध्यक्ष प्रदीप यादव , बिन्देश्वर यादव , बिरेश यादव हालसम्म पनि फरार रहेकोले यथासिघ्र पक्राउ गरि पीडित पक्षको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,३ चैत्र । विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो । प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]