०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अमेरिका र इरानबीच शान्ति सम्झौता नजिक, होर्मुज जलडमरू खुल्ने

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको बताए।

ट्रम्पले भने, “अमेरिका, इरान र अन्य सम्बन्धित देशबीच सम्झौताको ठूलो भाग वार्ता सम्पन्न भइसकेको छ। अन्तिम पक्ष र विवरणमाथि छलफल भइरहेको छ, र छिट्टै घोषणा गरिनेछ।” उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग पनि शनिबार फोनवार्ता भएको र त्यो “धेरै राम्रो” भएको बताए। तर ट्रम्पले जुनसुकै सम्झौता भए पनि इरानलाई आणविक हतियार प्राप्त गर्नबाट ‘पूर्णरूपमा’ रोक्ने प्रतिबद्धता समेत जनाएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बकाईले राज्य टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पछिल्लो हप्ता अमेरिका र इरानको अवस्था नजिकिँदै गएको स्वीकार गरे। तर उनले यसको अर्थ मुख्य मुद्दाहरूमा सम्झौता हुन्छ भन्ने नहोला भन्दै अमेरिकाको “विरोधाभासी बयानबाजी”को आलोचना गरे।

अमेरिका र इरानबीच वार्ता भइरहे पनि मुख्य चार विषयमा अझै सहमति बन्न सकेको छैन। पहिलो, इरानले आफ्नो आणविक कार्यक्रम (युरेनियम प्रशोधन) जारी राख्न चाहन्छ तर अमेरिकाले इरानलाई आणविक हतियार बनाउन नदिने अडान राखेको छ।  आडविक हतिहारकाे लागी नभएर उर्जाकाे लागी मात्र उक्त कार्यक्रम गरिरहेकाे  ईरानकाे दावी रहदै आएकाे छ ।
दोस्रो, इरानले अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध पूर्ण रूपमा हटाउन माग गरिरहेको छ भने अमेरिका आंशिक मात्र हटाउन तयार देखिन्छ। तेस्रो, खाडी क्षेत्र र होर्मुज जलडमरूमा इरानले सैन्य नियन्त्रण दाबी गरिरहेको छ तर अमेरिकाले यो अस्वीकार गरेको छ। चौथो, इरानी बन्दरगाहमा अमेरिकाले गरेको नाकाबन्दी हटाएर सामान्य व्यापार सुरु गर्ने विषयमा पनि मतभेद कायमै छ। यी मुख्य शर्तहरूमा टुंगो नलागेसम्म अन्तिम सम्झौता सम्भव छैन भन्ने इरानी प्रवक्ताको भनाइ छ।

बकाईले १४ बुँदे ढाँचाको समझदारी पत्रमा हस्ताक्षर गर्ने इरानको मनसाय रहेको बताए। उनका अनुसार समझदारी पत्र अन्तिम रूप दिइसकेपछि ३० देखि ६० दिनभित्र थप वार्ता हुनेछ र अन्ततः अन्तिम सम्झौतामा पुगिनेछ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रपति ट्रम्पको शान्ति प्रयासको प्रशंसा गर्दै फोनवार्ता “अत्यन्त उपयोगी र उत्पादक” भएको बताए। मध्यस्थताकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले “छिट्टै अर्को चरणको वार्ता आयोजना गर्ने” आशा व्यक्त गरेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेपछि मध्यपूर्वभर द्वन्द्व सुरु भएको थियो। जवाफमा इरानले इजरायल र खाडीका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो। अप्रिल सुरुमा युद्धविराम भएपछि वाशिंगटन र तेहरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता भइरहेको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले शनिबार जानकारी दिएअनुसार गत अप्रिल १३ देखि सुरु भएको नाकाबन्दीपछि १०० जहाज फर्काइएका, चारवटा असक्षम पारिएका र २६ मानवीय सहायता जहाजलाई जान दिइएको छ। सेन्टकम कमाण्डर एडमिरल ब्राड कुपरले इरानी बन्दरगाहमा “शून्य व्यापार” रोक्न सफल भएको दाबी गरे।

यसैबीच इरानले होर्मुज जलडमरू क्षेत्रमा सैन्य नियन्त्रण दाबी गर्दै त्यहाँको आवतजावतका लागि “पर्शियन गल्फ स्ट्रेट प्राधिकरण”बाट समन्वय र अनुमति आवश्यक भएको बताएको छ। तर अमेरिका र खाडी सहयोगीहरूले जलडमरूमाथि इरानको नियन्त्रणको दाबी अस्वीकार गर्दै जहाजहरूलाई इरानको नियम पालना नगर्न निर्देशन दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]