३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लायन्स सेवा सप्ताहअन्तर्गत एक्सटेम्पोर वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा प्रभावकारी अभिव्यक्ति प्रदर्शन गरेका थिए।

प्रमुख अतिथिमा लायन्स ३२५ सी डिस्ट्रिक्ट गभर्नर  लीला प्रसाद चिमरिया सहित लायन्सकै न्ड भाइस डिस्ट्रिक्ट गभर्नरउदय नारायण बराल,  रिजन चेयरपर्सन लायन सुनिल रेग्मी, एओजी योगेन्द्र साह, पास्ट डिस्ट्रिक्ट गभर्नर फुल कुमार लालवानी, लायन्स सेवा सप्ताह प्रमुख संयोजक प्रकाश भक्त जोशी, कार्यक्रम संयोजक  सुदीप अधिकारी, कार्यक्रम संयोजक लियो बिभूति थापा लगायतको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रमको उद्घोषण मनीष भट्टराईले गर्नुभएको थियो। लियो क्लब अफ विराटनगरका अध्यक्ष सन्जु गोइत लगायत विभिन्न लायन्स क्लबहरूका लायन्स तथा लियोज, पूर्वअध्यक्षहरू, वरिष्ठ लायन्स, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा दिनेश सुवेदी, उधव पोखरेल र कृति उपाध्याय रहनुभएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम पुरस्कार रु. ५,०००, द्वितीय पुरस्कार रु. ३,००० र तृतीय पुरस्कार रु. २,००० प्रदान गरिएको थियो। साथै सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। लायन्स सेवा सप्ताह अन्तर्गत आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक सोच र प्रभावकारी अभिव्यक्ति विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। “वी सर्भ” भन्ने लायन्सको मूल भावनालाई आत्मसात् गर्दै सेवा सप्ताहअन्तर्गत शिक्षा, युवा, स्वास्थ्य, सुरक्षा तथा सामाजिक सेवामार्फत समुदायसँग जोडिने विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। एक्सटेम्पोर वक्तृत्वकला प्रतियोगिता पनि युवा प्रतिभा पहिचान र नेतृत्व विकासतर्फ लक्षित सेवा सप्ताहको महत्वपूर्ण कार्यक्रमका रूपमा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]