३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

किताब होइन, मानिस पढ्ने कार्यक्रम विस्तार गर्दै गोल फाउण्डेन

Logo
जनचर्चा संवाददाता

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ ।

युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल , पुर्वाञ्चल विश्वविद्यालयको सहकार्यमा तीन जना ‘हुमन बुक’ लाई सहभागीहरूसमक्ष प्रस्तुत गरेको थियो। हुमन बुककाे रुपमा पत्रकारद्वय डा. रामचन्द्र अधिकारी र अन्नतराज न्याैपाने र साहित्यकार तथा कवि सीमा आभासलाई समेटिएकाे थियाे ।

कार्यक्रममा वातावरण पत्रकार डा. रामचन्द्र अधिकारीले आफ्नो बाल्यकाल, संघर्ष र पत्रकारितामा प्रवेश गर्दाको यात्राबारे सुनाए। स्वतन्त्र पत्रकारितादेखि वातावरण पत्रकारितासम्म आइपुग्दा भोगेका चुनौती चर्चा गर्दै उनले विषयको तथ्य, पृष्ठभूमि र वास्तविकता नबुझी सतही रूपमा लेख्नु नहुने बताए। अध्ययन, अनुसन्धान र रिपोर्टिङका आफ्ना अनुभव सुनाउँदै उनले युवालाई वरिपरिका विषयमा प्रश्न गर्ने र प्रमाणका आधारमा बुझ्ने बानी विकास गर्न प्रेरित गरे, साथै विशेषज्ञता एकैपटक प्राप्त नहुने र निरन्तर जिज्ञासा तथा मेहनत आवश्यक पर्ने सन्देश दिए।

साहित्यकार तथा कवि सीमा आभासले बाल्यकालदेखि महिलाका रूपमा भोगेका सामाजिक तथा लैङ्गिक चुनौती, शिक्षा र जीवनका विभिन्न चरणमा आएका कठिनाइ र ती परिस्थितिसँग आफूले कसरी सामना गरिन् भन्ने अनुभव सुनाइन्। उनको प्रस्तुति संघर्षको वर्णनमा मात्र सीमित नरही चुनौतीलाई कसरी सामना गर्ने, त्यसबाट कसरी अघि बढ्ने र आफ्नो आवाज कसरी निर्माण गर्ने भन्ने विषयमा समेत केन्द्रित थियो। उनले व्यक्तिगत अनुभवलाई नेपाली समाजको फराकिलो परिवेशसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भ पनि उठाइन्, र युवाको जीवनमा पुस्तकको महत्व तथा अध्ययनसँगै आउने डिस्ट्रयाक्सन व्यवस्थापन गर्ने तरिकाबारे समेत विचार राखिन्।

पत्रकार तथा साहित्यिक व्यक्तित्व अनन्तराज न्यौपानेले  पत्रकारितामा आफूले गरेको यात्राबारे अनुभव सुनाए। पूर्वी नेपालमा सक्रिय पत्रकारिताका क्रममा राजनीतिक, नागरिक तथा सार्वजनिक सरोकारका विषयलाई नजिकबाट हेर्दा प्राप्त गरेका अनुभव उनले सहभागीहरूसँग बाँडे। राजनीतिक पत्रकारितामा सामना गर्नुपर्ने चुनौती र कठिन परिस्थितिबाट सिर्जना हुने अवसरबारे चर्चा गर्दै उनले चुनौतीलाई सकारात्मक रूपमा लिने र कठिन अनुभवलाई सिकाइमा बदल्ने विषयमा आफ्ना अनुभव साझा गरे, साथै पत्रकारितासँगै साहित्यमा आफ्नो सिर्जनात्मक यात्राका अनुभवसमेत सुनाए।

आयोजकका अनुसार यो कार्यक्रम पहिलोपटक एकदिने रूपमा आयोजना गरिएको भए पनि अब यसलाई निरन्तरता दिँदै मासिक रूपमा आयोजना गर्ने योजना छ। कार्यक्रमको नाम ‘चिया सँग कथा’ राखिनुको कारणबारे आयोजकले औपचारिक तथा प्राविधिक सेसनको भन्दा फरक, सहज र फ्रेस वातावरणमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले चियासँग जोडिएको बताएका छन्।  मानव पुस्तकालयहरूबाट संकलित सबै डाटाहहरु संस्थाको पेजमा राखिने र थप जानकारी चाहिनेले सम्पर्क गरी माग्न सकिने आयोजकले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]