१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन, फखरुलको जित लगभग पक्का

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ।

यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको थियो, र संसदमा दुई तिहाइभन्दा बढी बहुमत रहेकाले फखरुलको विजय लगभग निश्चित मानिएको छ। पेशाले अर्थशास्त्री रहेका फखरुल १९९० को दशकदेखि बीएनपीको राजनीतिमा सक्रिय छन् र यसअघि कृषि राज्यमन्त्री तथा स्थानीय विकास मन्त्री समेत भइसकेका छन्।

राष्ट्रपति निर्वाचनमा जम्मा ३४९ सांसदले मतदान गर्नेछन् र मतगणना प्रत्यक्ष प्रसारण गरिनेछ। विजयी उम्मेदवारले भोलि (शुक्रबार) साँझ बंगभवनको दरबार हलमा राष्ट्रपतिको रूपमा शपथ लिनेछन्।

पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिने मोहम्मद शहाबुद्दिनले स्वास्थ्य कारण देखाउँदै आफ्नो पाँचवर्षे कार्यकाल पूरा हुनुअघि नै गत महिना राजीनामा दिएपछि यो निर्वाचन आवश्यक भएको हो। हाल सभामुख हाफिज उद्दीन अहमद कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा छन्। संविधानअनुसार पद रिक्त भएको ९० दिनभित्र नयाँ राष्ट्रपति निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
नेपालमा झै‌ं ब‌ंगलादेशमा पनि राष्ट्रपति आल्कारिक र प्रधानमन्त्री कार्यकारी हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]