काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए।
जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका काउछ मगर (२३९२), सपनाराज भण्डारी जोशी (२३५१), सिता कुमारी राना मगर (२१३२), प्रमिला राई (२०२०), लिलादेवी बोखिम लिम्बु (१६८१) र पुनम लामा (१६३६) निर्वाचित भएका छन्।
जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ १२ पदमा तीर्थ लामा (४४२५), अनुप श्रेष्ठ (२५५१), डा. प्रेमध्वज लामा (२५०५), कर्मा छेरिङ शेर्पा (२४०६), टेकप्रसाद गुरुङ (२०९०), भीम श्रीस मगर (२०४६), रामकृष्ण चित्रकार (१९८२), बुद्ध लामा (१९५६), गेल्जे लामा शेर्पा (१८१९), वंशलाल तामाङ (१७५६), अमृत गुरुङ (१६८९) र सुशील गुरुङ (१६४४) विजयी भएको निर्वाचन समितिले जनाएको छ।