०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मेयरले पत्रकार कुटे

Logo
प्रकाशित बिहिबार, आश्विन १६, २०७६

विराटनगर, असोज १६
सिआईएन नेपाल डटकमका पत्रकार अनिल बर्मा आज बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवबाट कुटिएका छन् ।
नगरपालिकामा प्रयोग हुने सवारी साधान र त्यसमा खपत हुने बारे ईन्धनको बारे सोधपुछ गर्न जादा आफुलाई मेयर यादवले कुटपटि गरेको पत्रकार बर्माको आरोप छ । पत्रकार बर्माले भन्छन् “मेयरको कर्यकक्षमा प्रवेश गर्ने वित्तिकै मेयरले मलाई नानाथरी गाली गलौच गर्दै हातपात गरे । त्यति मात्र नभई मेयर यादवले नगर प्रहरी समेत लगाइ मलाई लछारपछार गरी कुटपिट गर्न लगाए”
गाडी र ईन्धनको विषयमा यसअघि पाएको सूचना अपूर्ण भएको भन्दै थप सूचना संकलनको लागी आज नगरपालिका पुगेको बेला मेयरले दुव्र्यवहार गरेको पत्रकार बर्मा बताउछन् । उनीको साथ रहेको मोबाईल तथा परिचयपत्र समेत खोसिएको बर्माको भनाई छ ।
यस विषयलाई लिएर न्यायको अपिल गर्दै पत्रकार बर्माले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराई सकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]