२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

डिभी पर्ने संभावना बढ्यो

Logo
प्रकाशित आइतबार, आश्विन १९, २०७६

विराटनगर, असोज १९
डिभी भर्नेहरुको लागी यस पटक पासर्पोट र ईमेल आईडी अनिर्वाय गरिएको छ । अनिवार्य पासपोर्ट चाहिने प्रावधानका कारण डिभी भर्नेहरुको संख्यामा कमी आउने अनुमान गरिएको छ ।
प्रायजसो, कुन देश जाने र के कामको लागी जाने भन्ने माइन्डमेकअप र तयारी गरेपछि मात्र नेपालीले पासपोर्ट बनाउने गर्दछन् । नेपालमा समान्यता पासपोर्ट बनाउनका लागी ३० दिन बढी लाग्ने गर्दछ । पासपोर्ट बनाउने कुल खर्च हाराहारी १० हजार । आजैकै मितिबाट गन्ती गर्ने हो भने अब डिभी भर्ने म्याद २९ दिन मात्र बाँकी छ । केही दिन बडा दशैको कारण सरकारी विदा समेत छ । यो हिसाबले, समान्य तरिकाले पासपोर्ट निकालेर डिभी भर्नका लागी म्याद सकिसकेको छ ।
अब डिभी भर्न चाहनेले अर्जेन्ट पासपोर्ट बनाउन तर्फ लाग्नुपर्ने छ । जुन ७ दिन भित्र बनी सक्छ । अर्जेन्ट पासपोर्ट बनाउन काठमाडौं नै पुग्नुपर्दछ र दस्तुर पनि डबल लाग्छ ।
डिभी भाग्य चिठ्ठा हो जुन कम्प्यूटर सिस्टमले सेलेक्सन गर्ने गर्दछ । भाग्य हुनेलाई मात्र पर्ने यो चिठ्ठामा मानिसले धेरै झन्झट गर्न चाहदैनन् । डिभी भर्नैकै लागि मानिसहरु काठमाडौं गई–गई, डबल दस्तुर तिरी–तिरी पासपोर्ट बनाउन तयार छैनन् ।
उपत्यका भन्दा बाहिर बस्ने धेरै नेपालीहरुले फुर्सदमा पासपोर्ट बनाएर अर्को पटक डिभी भर्ने म्यान्डमेकअप समेत गरिसकेका छन् । जुन ठिकै पनि हो, हैई हैई गरेर पासपोर्ट बनाउनु अनि रिजल्टमा चै ट्राई एगेन भनेको कसले देख्न चाहन्छ र ?
यसटकको डिभी फर्ममा पासपोर्ट नम्बर र अन्य विवरण फर्म भर्ने बेला अनिवार्य हाल्नुपर्ने व्यवस्था मिलाइएको छ । यस अघि डिभीको फर्ममा पासपोर्ट विवरण अनिवार्य थिएन । डिभी भर्नेहरु डिभी परेपछि मात्र आनन्दले पासपोर्ट बनाउने काममा लाग्थे । अनिवार्य पासपोर्ट प्रावधानको कारण डिभी भर्नेको संख्या पछिल्लो वर्षहरुभन्दा धेरै घट्नसक्ने अनुमान गरिएको छ । फर्म भर्नेहरुको संख्यामा कमी आए स्वतः डिभी भर्नेहरुलाई डिभी पर्ने संभावना बढ्नेछ ।
२०१९ अक्टुवर २ बाट खुलेको डिभी २०१९ नोभेम्बर ५ मध्याह्न १२ बजे आवेदन बन्द हुने अधिकारी वेभसाईटमा बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]