२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विश्व शान्ति दुत बन्दै विराटनगरका चाँद बाबू ईराकी

Logo

विराटनगर, असोज २०
सामाजिक कार्यमा सर्मपित भारतको ख्वाब फाउडेशनलले विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकीलाई विश्व शान्ति दुतको पदवी दिने भएको छ । यही अक्टोवर १५ तारिक बिहारको पुर्वीय चम्परनमा फाउडेशनले आयोजना गर्न लागेको दुई दिने ग्लोबल गान्धी पिस कन्फरेन्समा इराकीलाई उक्त पद्धवी प्रधान गरिने बताईएको छ ।
ख्वाब फाउडेशनले इराकलाई इमेलमार्फत उक्त कार्यक्रममा सरिक हुन र पद्धवी गह्रण गर्न निमन्त्रणा पठाएको छ । उक्त कार्यक्रम महात्मा गान्धीको १५० औं जन्मजयन्तीलाई लक्षित गर्दै आयोजना गरिएको फाउण्डेशनले बताएको छ । कार्यक्रमा विभिन्न २० मुलुका १ सय ५० भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने बताईएको छ ।
यस अघि पनि ख्वाब फाउण्डेसनले इराकीलाई ‘कलाम युथ लिडरसीप अवार्ड–२०१९’ बाट सम्मानित गरिसकेको छ । उनलाई सामाजिक काम र युवा शसक्तिकरणमा योगदान पुर्याए बापत सो अवार्ड प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]