०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

श्रामतीको लास बाकसभित्र, छोरीको बोराभित्र र श्रीमान् आफै झुण्डिए

Logo

इटहरी, असोज २२
बडा दशैको दिन सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ । श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्तिले आत्माहत्या गरेको छन् ।
तीनै जनाको लास घरभित्र भेटिएको छ । श्रीमान् राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको छ । यस्तै छोरी स्वस्तीकाको लास बोराभित्र पाइएको छ ।
नजिकै रहेको हजुरबुवाको घरमा बस्दै आएका राकेशका छोरा दशैंको टिका लगाउन घर आएका थिए । झ्यालबाट हेर्दा बुवा झुण्डिरहेको देखेको बताईएको छ ।
उक्त विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्रीमती पुनमको टाउकोमा धारिलो हतियारले प्रहार गरेर र छोरी स्वस्तीकाको मुन्टो बटारेर मारेको हुनसक्ने अनुमान गरिएको छ ।
लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद चलिरहेको प्रारम्भिक अनुसान्धाले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]