१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चिनियाँ राष्ट्रिपति सी लाई नेपालमा कालो झण्डा देखाइने

सी शनीबार नेपाल आउदै
Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

विराटनगर, आसोज २३
चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने पक्कापक्की भएको छ । राष्ट्रपति सी को भ्रमणबारे चिनियाँ परराष्ट्र मन्त्रालयले अधिकारीक जानकारी समेत दिईसकेको छ ।
राष्ट्रपति सि को सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ समेत गरिसकेको छ ।
थ्रेट एनेलाइसिस रिपोर्टका अनुसार ‘फ्री तिब्बत अभियान’ मा संलग्न व्यक्तिले राष्ट्रपतिलाई सी लाई कालो झण्डा देखाउन सक्ने आँकलन गरिएको छ । नेपालका सुरक्षा निकायहरुको विषलेशण पनि यही नै छ ।
यस विषयमा चिनियाँ राजदूत होउ यान्छीे र गृहमन्त्री रामबहादुर थापा बादलबीच पटकपटक छलफल समेत भईसकेको छ ।

के हो फ्री तिब्बत अभियान ?
चीनको एक प्रान्त रुपमा चिनिएको तिब्बतलाई स्वतन्त्र र छुट्टै राष्ट्रको रुपमा स्थापित गरिनु पर्ने त्यहाँका बासिन्दाले माग राख्दै आएका छन् । सन १९५० ताका चिनले बलमिचाई गरी तिब्बतलाई आफ्नो अधिनमा लिएको स्वतन्त्र तिबब्त पक्षधरहरुको भनाई छ । त्यस समय थुप्रै तिब्बतीहरु चिनको शासकको डरले तिब्बत छोडेर भारतमा शरण लिन पुगेको बताइन्छ ।
तत्कालिन समय तिबब्तबाट फारर भई भारत घुसेका तिब्बतीहरु अहिले विश्वभरिनै फैलिसेकेका छन् । उनीलहरुले अन्तराष्ट्रिय संजालनै बनाई तिब्बत स्वतन्त्र हुनु पर्ने विश्वभरीनै वकालत गरिरहेका छन् । फ्रि तिब्बत अभियान अन्तर्गत उनीहरुले स्वतन्त्र तिब्बतको पक्षमा विरोध प्रदर्शन एव् सभाहरु गर्दै आएका छन् ।

तेन्जिन ग्यात्सो, १४ औं दलाई लामा

दलाई लामा र तिब्बत
दलाई लामा तिब्बतका सर्वोच्च धर्मगुरु हुन् । वास्तबमा दलाई लामा कुनै नाम नभएर तिब्बतमा सर्वाेच्च धर्मगुरुलाई दिने पद हो । सर्वोच्च धर्मगुरुलाई नै तिब्बतमा राष्ट्र प्रमुखको पदवी दिने चलन छ ।
१९३३ मा १३ औं दलाई लामाको निधन पश्च्यात १९५० मा हालका दलाई लामा तिब्बतको १४ औं धर्मगरु बने । तर त्यस समय तिब्बत प्रति चिन आक्रमक बनिसकेको थियो । चिनियाँ शासककै त्रासले दलाई लामा र उनका अनुयायी तिब्बतबाट भागेर अन्य मुलुक पुगेको बताईन्छ ।

१९५९ मार्च १० तिब्बतीहरु चिनले गरको दमन विरुद्ध सडक अन्दोलनमा उत्रिएका थिए । त्यसक्रमा चिनले दलाइ लामा र उनका अनुयायीहरुलाई पक्राउ गर्ने खोजे पछि उनीहरु भारततर्फ पलाइन भएका थिए । अहिले पनि १० मार्चको दिन स्वतन्त्र तिब्बत पक्षधर एव तिब्बती शरणार्थिहरुले विश्वभर रहेको चाईनिज दुतावास अगाडि विरोध प्रद्धशनी गर्ने गरेका छन् । त्यसका साथै चिनका राष्ट्रपति कुनै कार्यक्रम वा भ्रमणमा विदेश पुग्दा त्यहाँ रहेका तिब्बती शरणार्थिहरुले विरोध प्रदर्शन गर्ने गरेका छन् ।

अर्कोतर्फ चिनले भने तिब्बत कहिले पनि आफैमा स्वतन्त्र नरहेको बताउँदै आएको छ । त्यस क्षेत्रको जनताको मागलाई मध्यनजर गर्दै तिब्बतलाई चिनको स्वतन्त्र प्रान्त बनाइएको चिन बताउँछ । तर देश नै टुक्रिने गरी तिब्बतलाई स्वतन्त्र बनाउनु पर्ने विषयमा चिनले असहमति राख्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]