०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

चिनियाँ राष्ट्रिपति सी लाई नेपालमा कालो झण्डा देखाइने

सी शनीबार नेपाल आउदै
Logo

विराटनगर, आसोज २३
चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने पक्कापक्की भएको छ । राष्ट्रपति सी को भ्रमणबारे चिनियाँ परराष्ट्र मन्त्रालयले अधिकारीक जानकारी समेत दिईसकेको छ ।
राष्ट्रपति सि को सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ समेत गरिसकेको छ ।
थ्रेट एनेलाइसिस रिपोर्टका अनुसार ‘फ्री तिब्बत अभियान’ मा संलग्न व्यक्तिले राष्ट्रपतिलाई सी लाई कालो झण्डा देखाउन सक्ने आँकलन गरिएको छ । नेपालका सुरक्षा निकायहरुको विषलेशण पनि यही नै छ ।
यस विषयमा चिनियाँ राजदूत होउ यान्छीे र गृहमन्त्री रामबहादुर थापा बादलबीच पटकपटक छलफल समेत भईसकेको छ ।

के हो फ्री तिब्बत अभियान ?
चीनको एक प्रान्त रुपमा चिनिएको तिब्बतलाई स्वतन्त्र र छुट्टै राष्ट्रको रुपमा स्थापित गरिनु पर्ने त्यहाँका बासिन्दाले माग राख्दै आएका छन् । सन १९५० ताका चिनले बलमिचाई गरी तिब्बतलाई आफ्नो अधिनमा लिएको स्वतन्त्र तिबब्त पक्षधरहरुको भनाई छ । त्यस समय थुप्रै तिब्बतीहरु चिनको शासकको डरले तिब्बत छोडेर भारतमा शरण लिन पुगेको बताइन्छ ।
तत्कालिन समय तिबब्तबाट फारर भई भारत घुसेका तिब्बतीहरु अहिले विश्वभरिनै फैलिसेकेका छन् । उनीलहरुले अन्तराष्ट्रिय संजालनै बनाई तिब्बत स्वतन्त्र हुनु पर्ने विश्वभरीनै वकालत गरिरहेका छन् । फ्रि तिब्बत अभियान अन्तर्गत उनीहरुले स्वतन्त्र तिब्बतको पक्षमा विरोध प्रदर्शन एव् सभाहरु गर्दै आएका छन् ।

तेन्जिन ग्यात्सो, १४ औं दलाई लामा

दलाई लामा र तिब्बत
दलाई लामा तिब्बतका सर्वोच्च धर्मगुरु हुन् । वास्तबमा दलाई लामा कुनै नाम नभएर तिब्बतमा सर्वाेच्च धर्मगुरुलाई दिने पद हो । सर्वोच्च धर्मगुरुलाई नै तिब्बतमा राष्ट्र प्रमुखको पदवी दिने चलन छ ।
१९३३ मा १३ औं दलाई लामाको निधन पश्च्यात १९५० मा हालका दलाई लामा तिब्बतको १४ औं धर्मगरु बने । तर त्यस समय तिब्बत प्रति चिन आक्रमक बनिसकेको थियो । चिनियाँ शासककै त्रासले दलाई लामा र उनका अनुयायी तिब्बतबाट भागेर अन्य मुलुक पुगेको बताईन्छ ।

१९५९ मार्च १० तिब्बतीहरु चिनले गरको दमन विरुद्ध सडक अन्दोलनमा उत्रिएका थिए । त्यसक्रमा चिनले दलाइ लामा र उनका अनुयायीहरुलाई पक्राउ गर्ने खोजे पछि उनीहरु भारततर्फ पलाइन भएका थिए । अहिले पनि १० मार्चको दिन स्वतन्त्र तिब्बत पक्षधर एव तिब्बती शरणार्थिहरुले विश्वभर रहेको चाईनिज दुतावास अगाडि विरोध प्रद्धशनी गर्ने गरेका छन् । त्यसका साथै चिनका राष्ट्रपति कुनै कार्यक्रम वा भ्रमणमा विदेश पुग्दा त्यहाँ रहेका तिब्बती शरणार्थिहरुले विरोध प्रदर्शन गर्ने गरेका छन् ।

अर्कोतर्फ चिनले भने तिब्बत कहिले पनि आफैमा स्वतन्त्र नरहेको बताउँदै आएको छ । त्यस क्षेत्रको जनताको मागलाई मध्यनजर गर्दै तिब्बतलाई चिनको स्वतन्त्र प्रान्त बनाइएको चिन बताउँछ । तर देश नै टुक्रिने गरी तिब्बतलाई स्वतन्त्र बनाउनु पर्ने विषयमा चिनले असहमति राख्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]