०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभात फेरी

Logo
जनचर्चा

बैशाख २०
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उत्तर पुर्वी मोरङका पत्रकारहरुले शुक्रबार बेलबारीमा प्रभात फेरी आयोजना गरेका छन् ।प्रस्तावित पत्रकार महासंघ उत्तर पुर्वी मोरङ शाखाले कार्यक्रम आयोजना गरेको थियो ।

बेलबारी,पथरी,उर्लाबारी,कानेपोखरी,विराटचौक,केराबारी लगायत स्थानबाट भेला भएका पत्रकारहरुले पे्रस स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रम गरेका हुन । बेलबारी नगरपालिकाबाट सुरुभएको प्रभात फेरी पश्चिम बस स्टेण्ड सम्म पुगेको थियो । सोही स्थानमा सभा आयोजना भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारबाट हुने गरेका व्यवहारहरु लोकतान्त्रिक मान्यता विपरित रहेको बताए । कानुनी रुपमा कतिपय अवस्थामा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालका प्रावधान रहेकाले सच्याउन समेत उनीहरुले माग गरेका छन् ।
महासंघ मोरङको विराटनगर केन्द्रित व्यवहारको विरोध,नयाँ शाखाको तयारी सुरु
पत्रकार महासंघ मोरङको विराटनगर केन्द्रित गतिविधि र विराटनगर वाहिरका पत्रकार प्रति उदासिन व्यवहार रहेको भन्दै त्यसको चर्को आलोचना समेत भएको छ ।प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले महासंघ मोरङले विराटनगरमा रहने पत्रकारलाई मात्रै केन्द्रित गरेर पुरस्कार,प्रोत्साहन,तालिम लगायत सम्बन्धी कार्यक्रम गर्ने गरिएको बताए । समानताका आधारमा जिल्लाभरका पत्रकारलाई व्यवहार गर्नुपर्नेमा त्यसो नभएकाले अब विरानगर वाहिरका पत्रकारहरुले संगठित भएर छुट्टै शाखा खोल्नुपर्ने उनको भनाई थियो । पत्रकार महासंघ मोरङका पुर्व सहसचिव केदार चौहान र पत्रकार भक्तसेर लिम्बुले पनि विराटनगरभन्दा वाहिर रहेर पत्रकारिता गर्नेहरुको हित र सुविधाका लागि छुट्टै शाखा आवश्यक रहेको बताएका थिए । संघिय प्रेस फोरम प्रदेश १ का संयोजक फिपराज बेघाले पनि बोलेका थिए । पत्रकार महासंघ मोरङ का सदस्य सरोज बस्नेतको संयोजनमा सो कार्यक्रम भएको थियो ।

यसैविच कार्यक्रममा सहभागी पत्रकारहरुले महासंघको उत्तर पुर्वी मोरङ शाखा स्थापनाका लागि तयारी सुरु गर्ने निर्णय समेत गरेको छ ।तत्कालै अर्को भेला बसेर नयाँ शाखाको तदर्थ समिति,कार्यलय रहने स्थान लगायतबारे टुंगो लगाउने समेत निर्णय भएको छ ।
रातोकलम डट कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]