१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

झी पुचः विराटनगरले पायो नयाँ नेतृत्व

Logo

विराटनगर, असोज ३०
झी पुचः विराटनगरले नयाँ नेतृत्व पाएको छ । विराटनगरमा बुधवार भएको झी पुचःको २६ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा जयन्त्त प्रधान अध्यक्षमा निर्वाचित भएका छन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष अमात्य र सचिवमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् ।
समितिको अन्य सदस्यहरूमा रामकुमार श्रेष्ठ, रन्जना अमात्य, संजय श्रेष्ठ, उदय ढंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, युनेशराज श्रेष्ठ, सम्झना प्रधान, सन्जु शाक्य र मिराकुमारी श्रेष्ठ चुनिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]