०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

३६५ दिनमा ३६५ समाजिक काम गर्ने लक्ष्य पछ्याउदै लायन्स विराटनगर

Logo

विराटनगर,असोज २
लयान्स क्लब अफ विराटनगर सिटीको अध्यक्षमा निर्वाचित भएका घनश्याम पोखरेल अहिले सामाजिक कार्यमा सक्रिय भएर लागि परेका छन् । एक वर्षको कार्यकायलमा ३ सय ६५ वटा सामाजिक कार्य गर्ने घोषणा गरेका उनले आफ्नो कार्यतालिका अनुसार सामाजिक काममा लागि परेका हुन् ।
झापा, मोरङ र सुनसरीका ग्रामिण क्षेत्रका बस्तीलाई कार्य क्षेत्र बनाएर सामाजिक कामको सुरुवात गरेको उनले बताए । ‘अहिलेसम्म ४६ वटा समाजिक कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘मैले लयान्स क्लब मार्फत गरेको कार्यहरू आर्थिक रूपमा विपन्न सामुदायहरूका लागि छन् । उनीहरूलाई आवश्यक पर्ने सामाग्री र स्वास्थ्य जनचेताका कामहरू रहेको छ ।’ अहिलेसम्म सुनसरी र मोरङमा स्वास्थ्य शिविर, आर्थिक अवस्था नाजुक भएका परिवारका छोराछोरीहरूलाई पठनपाठनमा टेवा पु¥याउने उद्देश्यले स्टेशनरी, घाइते भइ दुःखी भएकाहरूलाई वैशाखि पनि वितरण गरिएको उनले बताए ।

अध्यक्ष पोखरेल (निलो सर्ट लगाएका ), निःशुल्क आँखा शिविर गराउदै

शुक्रबार मोरङ जहदा गाउँपालिकास्थित निःशुल्क आँखा शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा १ सय १३ जनाले स्वास्थ्य परिक्षण गरिएका मध्ये १५ जनामा मोतिबन्धु भेटिएको थियो । मोतिबिन्धु भेटिएको १५ जनाको निःशुल्क शल्यक्रिया विराटनगरस्थित रामलाल गोल्सा आँखा अस्पतालमा हुने उनले बताए । यस अघि पनि विभिन्न ठाउँमा यस्तो स्वास्थ्य शिविर भएको उनले बताए । आफुले घोषणा गरेको सामाजिक कार्य अनुरुपको १ सय ३ वटा कार्यक्रम एकै दिनमा गरिने पनि जानकारी दिए । ‘आउँदा माघ १० गते मोरङको विभिन्न स्थानमा एकै दिन १ सय ३ वटा सामाजिक कार्यक्रम एकै दिनमा हुनेछ,’ उनले भने, ‘त्यो सामुदायमा आधरित कार्यक्रमहरू रहेको छ । त्यस दिन हुने कार्यक्रम भव्य र सभ्य हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]