०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा इन्टरनेट अवरुद्ध

 महानगर र इन्टरनेट प्रदायक विच आरोप–प्रत्यारोप
Logo

विराटनगर, कार्तिक ५
हाल विराटनगरको मुख्य बजार लगायत विभिन्न ठाँउहरुमा इन्टरनेट अवरुद्ध छ । महानगरले सडक निर्माणको क्रममा इन्टरनेटका सबै तारहरु काटिदिएपछि विराटनगरमा इन्टरनेट सेवा अवरुद्ध बन्न पुगेको हो । मुख्य बजारमा नै इन्टरनेट अवरुद्ध भएपछि अहिले बैंकिङ लगाएत इन्टरनेटमा निर्भर भएका थुप्रै कामहरु प्रभावित बनेका छन् । इन्टरनेट अवरुद्ध भएसँग थुप्रै सरकारी कार्यलयका कामहरु पनि ठप्प भएका छन् । कति ठाँउमा घरायसी प्रयोजनको लागी लिईएको इन्टरनेट पनि अवरुद्ध छ ।
पोल सार्ने बेलामा महानगरले आफुहरुसँग सहकार्य नगरेको सेवा प्रदायकहरुको गुनासो छ । क्लासिक टेकका विराटनगर शाखा प्रमुख भुपाल सिंह कार्की भन्छन् “हामीलाई एक कल फोन पनि गरिएन, औपचारीक एउटा चिठठी् समेत पठाईएन ,सोझै तार काटिदिए हामी र सेवाग्राहीलाई ठुलो क्षति भएको छ”

त्यस्तै वर्ल्डलिंकका विराटनगर शाखा प्रमुख प्रेम घिमिरेले पनि महानगरको तर्फबाट सहकार्यको आभाव भएको गुनासो गरेका छन् । घिमिरे भन्छन् “विद्युतको काम नसकि इन्टरनेटको तार सार्न संभव हुदैन, हामीलाई मौका समेत दिईएन सिधै तार काटियो”

एक ट्रिपर फाईवर तार संकलन गरेर लादै महानगर

तर सेवा प्रदायकलाई पुर्व सुचाना नदिएको कुरा सरासर गलत भएको महानगर बताउँछ । महानगरका एक प्रतिनिधि भन्छन् “हामीले पटक पटक फाने गरेर इन्टरनेट सेवा कम्पनीका प्रतिनिधिलाई जनाकारी गराएको छौं तर उहाँहरुले टर्नु भएन तार काट्नु पार्यो” उनले थपे “इन्टरनेट सेवा प्रदायकहरुको ढिला सुस्ती कारणले गर्दा सडक निर्माणको कामनै अड्किएकोले यस्तो कदम उठाउन हामी बाध्य भएका हौं ”
इन्टरनेट सेवा प्रदायक संगसंगै टेलिकमले पनि सहकार्य नगरेको महानगरको गुनासो छ । टेलिकमको तार र पोलहरु बेलैमै व्यवस्थित नगरिदिदा काम ढिलो भईरहेको महानगरको भनाई छ । महानगरको प्रतिनिधि भन्छ “आज खबर गर्दा टेलिकमको प्रतिनिध दुई दिन पछि मात्र आईदिन्छन्, यही काराणले गर्दा सडक निर्माणको काम ढिला भईरहेको छ ”
उत्ता इन्टरनेट सेवा प्रदायकहरुले महानगरले फाईवर तार काटिदिदा कम्पनीलाई ठुलो क्षति भएको बताएका छन् । करिब ६० देखि ८० रुपैयाँ प्रति मिटर पर्ने फाईबर तार किलोमिटरका कालोमिटर काटिदिएको उनीहरुको गुनसो छ । काटिएको तार मात्र ३/४ ट्रक भएको क्लासिकटेकका कार्की बताउछन् । फाईबरको तार एक पटक काटिएपछि पुनः जोडन गर्न नमिल्ने भएकाले करौंडौका क्षति भएको कार्कीको भनाई छ ।
तार काटिएको ठाँउहरुमा नँया तार जडान गर्ने काम भइरहेकाले चाँडो भन्दा चाँडो इन्टरनेट आउने भन्दै सेवाग्राहीलाई नआत्तिन इन्टर सेवा प्रदायकहरुले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]