०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा इन्टरनेट अवरुद्ध

 महानगर र इन्टरनेट प्रदायक विच आरोप–प्रत्यारोप
Logo

विराटनगर, कार्तिक ५
हाल विराटनगरको मुख्य बजार लगायत विभिन्न ठाँउहरुमा इन्टरनेट अवरुद्ध छ । महानगरले सडक निर्माणको क्रममा इन्टरनेटका सबै तारहरु काटिदिएपछि विराटनगरमा इन्टरनेट सेवा अवरुद्ध बन्न पुगेको हो । मुख्य बजारमा नै इन्टरनेट अवरुद्ध भएपछि अहिले बैंकिङ लगाएत इन्टरनेटमा निर्भर भएका थुप्रै कामहरु प्रभावित बनेका छन् । इन्टरनेट अवरुद्ध भएसँग थुप्रै सरकारी कार्यलयका कामहरु पनि ठप्प भएका छन् । कति ठाँउमा घरायसी प्रयोजनको लागी लिईएको इन्टरनेट पनि अवरुद्ध छ ।
पोल सार्ने बेलामा महानगरले आफुहरुसँग सहकार्य नगरेको सेवा प्रदायकहरुको गुनासो छ । क्लासिक टेकका विराटनगर शाखा प्रमुख भुपाल सिंह कार्की भन्छन् “हामीलाई एक कल फोन पनि गरिएन, औपचारीक एउटा चिठठी् समेत पठाईएन ,सोझै तार काटिदिए हामी र सेवाग्राहीलाई ठुलो क्षति भएको छ”

त्यस्तै वर्ल्डलिंकका विराटनगर शाखा प्रमुख प्रेम घिमिरेले पनि महानगरको तर्फबाट सहकार्यको आभाव भएको गुनासो गरेका छन् । घिमिरे भन्छन् “विद्युतको काम नसकि इन्टरनेटको तार सार्न संभव हुदैन, हामीलाई मौका समेत दिईएन सिधै तार काटियो”

एक ट्रिपर फाईवर तार संकलन गरेर लादै महानगर

तर सेवा प्रदायकलाई पुर्व सुचाना नदिएको कुरा सरासर गलत भएको महानगर बताउँछ । महानगरका एक प्रतिनिधि भन्छन् “हामीले पटक पटक फाने गरेर इन्टरनेट सेवा कम्पनीका प्रतिनिधिलाई जनाकारी गराएको छौं तर उहाँहरुले टर्नु भएन तार काट्नु पार्यो” उनले थपे “इन्टरनेट सेवा प्रदायकहरुको ढिला सुस्ती कारणले गर्दा सडक निर्माणको कामनै अड्किएकोले यस्तो कदम उठाउन हामी बाध्य भएका हौं ”
इन्टरनेट सेवा प्रदायक संगसंगै टेलिकमले पनि सहकार्य नगरेको महानगरको गुनासो छ । टेलिकमको तार र पोलहरु बेलैमै व्यवस्थित नगरिदिदा काम ढिलो भईरहेको महानगरको भनाई छ । महानगरको प्रतिनिधि भन्छ “आज खबर गर्दा टेलिकमको प्रतिनिध दुई दिन पछि मात्र आईदिन्छन्, यही काराणले गर्दा सडक निर्माणको काम ढिला भईरहेको छ ”
उत्ता इन्टरनेट सेवा प्रदायकहरुले महानगरले फाईवर तार काटिदिदा कम्पनीलाई ठुलो क्षति भएको बताएका छन् । करिब ६० देखि ८० रुपैयाँ प्रति मिटर पर्ने फाईबर तार किलोमिटरका कालोमिटर काटिदिएको उनीहरुको गुनसो छ । काटिएको तार मात्र ३/४ ट्रक भएको क्लासिकटेकका कार्की बताउछन् । फाईबरको तार एक पटक काटिएपछि पुनः जोडन गर्न नमिल्ने भएकाले करौंडौका क्षति भएको कार्कीको भनाई छ ।
तार काटिएको ठाँउहरुमा नँया तार जडान गर्ने काम भइरहेकाले चाँडो भन्दा चाँडो इन्टरनेट आउने भन्दै सेवाग्राहीलाई नआत्तिन इन्टर सेवा प्रदायकहरुले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]