०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

फलानो मन्त्रीको श्रीमतीद्धारा सरकारी गाडी दुरुपयोग

Logo

विराटनगर, कार्तिक ७
बुधवार विराटनगरमा उद्योग संगठन मोरङले दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम चल्ने क्रममा भिआइपीहरुको बाक्लै आवत जावत भईरहेको थियो । भिआईपीसँगसँगै उनका आसेपासे र नातेदार पनि आईरहेका थिए । त्यही क्रममा एक जना म्याडम विलासी सरकारी गाडीबाट उत्रनु भयो । उनका साथमा दुई जना नानीहरु समेत थिए । उनलाई देख्ना साथ केही व्यक्तिहरु फलानो मन्त्रीको श्रीमती भन्दै कानफुसी गर्न थाले र नजिक आउना साथ नमस्कार टक्राए । पक्कैपनि ति व्यक्तिहरु मन्त्रीकै लाइनको मान्छे हुनुपर्छ । र अर्कातिर विपक्षी पार्टिकाहरुले साइकलवाला मन्त्रीको श्रीमती भन्दै खिस्सी गर्दै थिए ।
उक्त गाडीको नं थियो बा १ झ ५८४७ । सो गाडीे संघ अन्तर्गत कुनै मन्त्रालय मताहत प्रयोग हुदै आएको भन्ने बुझ्नमा आएको छ । काठमाडौंमा प्रयोग हुदै आएको उक्त गाडी के प्रयोजनका लागी विराटनगर आयो ? र कुन अधिकारले फलानो मन्त्रीको श्रीमतीले त्यो गाडी प्रयोग गरिन् ? भन्ने मुख्य प्रश्न हो ।
सो दृश्य हेरिरहेका एक विपक्षी पार्टिका नेता भन्दै थिए  “यो त हदै भयो । अब सरकारी गाडी भित्र पनि सिसिटिभी राख्ने बेला भएछ, नभए सरकारका गाडीहरु सबै मन्त्रीका श्रीमती र छोराछोरीले सक्ने रैछन् ”
सरकारी गाडीे दुरुपयोग भएको घटना, यो भने पहिलो होइन । यसअघि पनि यस्ता थुप्रै घटनाहरु बाहिर आएर जनप्रतिनिधि तथा उपल्लो तहमा रहेका व्यक्तिहरु बदनाम भईसकेका छन् । श्रीमान् वाहलवाली मन्त्री रहेका वेला शक्तिको आडमा आफन्तहरुले सरकारी गाडीको प्रयोग गर्नु यो लज्जास्पद विषय हो । सँगसँगै मन्त्रीको पनि इज्जत र नैतिकताको पनि सवाल हो । बेलैमा विचार पु-याएको राम्रो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]