०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

फलानो मन्त्रीको श्रीमतीद्धारा सरकारी गाडी दुरुपयोग

Logo

विराटनगर, कार्तिक ७
बुधवार विराटनगरमा उद्योग संगठन मोरङले दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम चल्ने क्रममा भिआइपीहरुको बाक्लै आवत जावत भईरहेको थियो । भिआईपीसँगसँगै उनका आसेपासे र नातेदार पनि आईरहेका थिए । त्यही क्रममा एक जना म्याडम विलासी सरकारी गाडीबाट उत्रनु भयो । उनका साथमा दुई जना नानीहरु समेत थिए । उनलाई देख्ना साथ केही व्यक्तिहरु फलानो मन्त्रीको श्रीमती भन्दै कानफुसी गर्न थाले र नजिक आउना साथ नमस्कार टक्राए । पक्कैपनि ति व्यक्तिहरु मन्त्रीकै लाइनको मान्छे हुनुपर्छ । र अर्कातिर विपक्षी पार्टिकाहरुले साइकलवाला मन्त्रीको श्रीमती भन्दै खिस्सी गर्दै थिए ।
उक्त गाडीको नं थियो बा १ झ ५८४७ । सो गाडीे संघ अन्तर्गत कुनै मन्त्रालय मताहत प्रयोग हुदै आएको भन्ने बुझ्नमा आएको छ । काठमाडौंमा प्रयोग हुदै आएको उक्त गाडी के प्रयोजनका लागी विराटनगर आयो ? र कुन अधिकारले फलानो मन्त्रीको श्रीमतीले त्यो गाडी प्रयोग गरिन् ? भन्ने मुख्य प्रश्न हो ।
सो दृश्य हेरिरहेका एक विपक्षी पार्टिका नेता भन्दै थिए  “यो त हदै भयो । अब सरकारी गाडी भित्र पनि सिसिटिभी राख्ने बेला भएछ, नभए सरकारका गाडीहरु सबै मन्त्रीका श्रीमती र छोराछोरीले सक्ने रैछन् ”
सरकारी गाडीे दुरुपयोग भएको घटना, यो भने पहिलो होइन । यसअघि पनि यस्ता थुप्रै घटनाहरु बाहिर आएर जनप्रतिनिधि तथा उपल्लो तहमा रहेका व्यक्तिहरु बदनाम भईसकेका छन् । श्रीमान् वाहलवाली मन्त्री रहेका वेला शक्तिको आडमा आफन्तहरुले सरकारी गाडीको प्रयोग गर्नु यो लज्जास्पद विषय हो । सँगसँगै मन्त्रीको पनि इज्जत र नैतिकताको पनि सवाल हो । बेलैमा विचार पु-याएको राम्रो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]