२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

एयरपोर्टमा प्रचण्डले पत्रकारसँग बोलेनन् , ठिक गरे

Logo

विराटनगर, कार्तिक ८
नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले शुक्रबार विराटनगर एयरपोर्टमा पत्रकारहरुलाई कुनै पनि प्रतिक्रिया दिएनन् । पत्रकारहरु केहि घण्टादेखि उनको पर्खाइमा एयरपोर्टमा बसिरहेका थिए । तर प्रचण्ड जाहजबाट झर्ना साथ उनलाई लिन आएको गाडीमा चेढेर गन्त्वय तर्फ हुइकिए ।
काठमाडौंबाट उनी दिउँसो १२ः३० बजे विराटनगरमा अवतरण भएका थिए । त्यस लगतै उनी सिधासिधी नेकपा मोरङले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम तर्फ हुईकिए ।
पछिल्लो समय भिभिआईपी र भिआईपीसँग मुलुका एयरपोर्टहरुमा प्रतिक्रिया लिने गलत संस्कारको विकास भएको छ । एयरपोर्ट जस्तो अति व्यस्त र संवेदनशिल क्षेत्रमा पत्रकार सम्मेलन गराउनु कुरा कदापी ठिक होइन ।
पत्रकाहरुले मुलुकको विभिन्न एयरपोर्टहरुमा भिआईपी कक्ष भित्र पसेर प्रतिक्रिया लिने गरेका छन् । जुन वाञ्छनीय कार्य होइन ।
एयरपोर्टको भिआईपी कक्ष भित्र कार्यकर्ता भेला हुन, पत्रकार सम्मेलन गर्ने तथा अन्य यस्ता खाल्का गतिविधि गर्न उड्डयन प्रधिकरणले निषेध गरेतापनि शक्तिको आड नियम कानुनहरु नेपालको एयरपोर्टहरुमा मिच्ईरहेका छन् ।
शुक्रबार पनि प्रचण्डलाई स्वागत नेता तथा कार्यकर्ताहरु फुलमाल लिएरै भिआई कक्ष पुगेका थिए । पत्रकारसँग भने नियमकानुन कारणले भन्दा पनि मुड नभएर प्रचण्डले नबोलेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]