०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

बसको ठक्करबाट कुखुरा मर्दा दाङमा चक्काजाम

Logo

तुलसीपुर, कार्तिक ८
बसको ठक्करबाट कुखुराको भाले मरेपछि दाङको तुलसीपुरमा स्थानीयहरुले चक्काजाम गरेका छन् । बिहिबार उपमहानगरपालिकाको लुहाडबराका स्थानीयहरुले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका थिए ।
खैराहा–कोठारी सडकखण्डमा चल्ने एक बसले स्थानीयको भाले मारेर भागेपछि आक्रोशित बनेका स्थानीयहरुले सडकमा ढुंगा, काठको मुडो , बाँस राखेर सडक अवरुद्ध पारेका थिए । स्थानीयहरुले करिब एक घण्टासम्म चक्कजाम गरेका बताईएको छ ।
बस व्यवसायी र स्थानीइ विच २ केजी मृत भालेको लागी १२ सय क्षतिपुर्ति दिने सहमति भएपछि स्थानीयहरुले सडक खोलेका थिए ।
पटकपटक सवारी साधनले घरपालुवा जिवजन्तु मारेपछि त्यहाँका स्थानीय आजित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]