३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

नेवाः देय् दबुले विराटनगरमा निकालो -याली

Logo

विराटनगर, कार्तिक ९
नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविद्य कार्यक्रम आयोजना गरि मनाएको हो ।
नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भवनबाट निकालिएको वृहत -यालीले महानगरको विभिन्न भाग परिक्रमा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रमको सुरुवात गरेको थियो । -यालीमा नेवार सामुदायहरूको साँस्कृतिक नृत्य, लाखे नाच, धिने बाजागाजासहित युवा युवतीहरूको सहभागिता रहेको थियो । -यालीपछि आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा चार जनालाई सम्मानित गरेको थियोे ।

विभिन्न क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै सुन्दरहरैचा नगरपालिका १२ का देवेन्द्र कुमार मास्के, विराटनगर – १० का शुदर्शनबहादुर श्रेष्ठ, डा. विमला श्रेष्ठ र मिना जोशीलाई सम्मान गरेको हो । उनीहरूलाई कदर पत्र र दोसल्ला ओढाएकार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली तथा नेवाः देय् दवु मोरङका अध्यक्ष सुरेश श्रेष्ठले सम्मान गरेका थिए ।

कार्यक्रममा नेवाः देय् दबू केन्द्रीय समितिका कार्यभाव अध्यक्ष चन्द्रलाल राजभण्डारी, उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज कृष्ण उदास, नेवाः देय् दबूका संस्थापक अभियन्ता तारेन्द्रमानसिंह प्रधान, केन्द्रीय सदस्यहरू अनिल मास्के, लक्ष्मी शाक्य, जयकुमार श्रेष्ठलगायले आफनो जातिय संस्कृतिको संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा नेवाः देय् दबुमा आवद्ध भएका मोरङ जिल्लाभरीका नेवार सामुदायहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]