२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

देउँसी भैलो राती १० बजेसम्म मात्र

Logo

कात्तिक ९, विराटनगर । जिल्ला सुरक्षा समिति मोरङ्गले तिहारमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिने निर्णय गरेको छ ।

आज विराटनगरमा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । चाडपर्वको बेला जुवा, तास खेल्ने र मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीलाई कानुनी दायरामा ल्याउने समितिले बताएको छ । दिपावली मनाउने क्रममा पटाका र आतिशवाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट स्वास्थ्य तथा सुरक्षामा पनि गम्भीर असर पर्ने, चोटपटक लाग्ने तथा आगलागी भई धनजनको क्षति हुन सक्ने भएकोले त्यस्ता विष्फोटक तथा प्रज्वलनशील पदार्थहरुको उत्पादन, आयात, निर्यात, खरिद, बिक्रि वितरण र ओसारपसारमा पुर्ण रुपमा रोक लगाउने समेत सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

चाडपर्वमा हुन सक्ने महङगी, काला बजारी, म्याद सकिएका खाद्य पदार्थको भण्डारण र बिक्रि वितरणलाई प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रण गरिने समितिले प्रष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]