१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

२९ जना पुगे मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा

Logo

विराटनगर, ९ कार्तिक ।
तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । ईटहरीमा भएको ट्लयान्ट शो मा फाइनलमा पुगेका प्रतियोगीहरूले नृत्य, गीत, चित्रकला, कविता, मेकअप लगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । सो एवार्ड आउँदो कार्तिक १८ गते हुने फाइनलको दिन वितरण हुनेछ । ट्यालेन्ट शो को निर्णायकहरूमा जय मिडिया म्यानेजमेन्टका निर्देशक जयराज राय, मिसेस कोशी २०१९ को विजेता रेनुका लिम्बु, नृत्य निर्देशक मनोज राजवंशी र बैङकर रविन थापा रहेका थिए । जय मिडिया म्यानेजमेन्ट प्रा.लि ले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् ।स्कुलस्तरमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित सो प्रतियोगितामा भने विराटनगर, इनरुवा, धरान र धनकुटाबाट प्रतियोगिहरूले भाग लिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]