३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गन्गाई समुदायका शिक्षक र विद्यार्थी सम्मानित

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

विराटनगर, १० कात्तिक
नेपाल गन्गाई कल्याण समिति परिषद जहदाले शिक्षक सेवा आयोग र एसईई परीक्षामा उत्तीर्ण शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

शुक्रबार जहदा गाउँपालिका वडा नं. ६ मा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा गन्गाई जातिबाट शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुने २१ जना र जहदा गाउँपालिकामा रहेका ७ वटा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङक ल्याई एसईई परीक्षामा उत्तीर्ण हुने १४ जना सम्मानित भएका छन ।

कार्यक्रममा गन्गाई जातिको धर्म संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नेपालबाट गन्गाई जाति लोपउन्मुख अवस्थामा रहेकाले यस्ता कार्यक्रमहरुले गन्गाई जातिको अस्तिस्व जोगाउन मद्दत पुग्ने नेपाल गन्गाई कल्याण समिति परिषद जहदा गाउँपालिका वडा नं ६ का अध्यक्ष विकेश कुमार मण्डलले बताए । उनले हाल गन्गाई जाति नेपालको झापा र मोरङ जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा मात्रै पाईने गरेको जानकारी दिए ।

कार्यक्रममा भने नेपाल गन्गाई कल्याण समिति परिषद जहदा कार्यसमितिका अध्यक्ष काशीराम मण्डल, परिषदका केन्द्रिय अध्यक्ष श्याम प्रसाद मण्डल, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्र. मण्डल र धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह लगायतका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]