१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

गन्गाई समुदायका शिक्षक र विद्यार्थी सम्मानित

Logo

विराटनगर, १० कात्तिक
नेपाल गन्गाई कल्याण समिति परिषद जहदाले शिक्षक सेवा आयोग र एसईई परीक्षामा उत्तीर्ण शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

शुक्रबार जहदा गाउँपालिका वडा नं. ६ मा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा गन्गाई जातिबाट शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुने २१ जना र जहदा गाउँपालिकामा रहेका ७ वटा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङक ल्याई एसईई परीक्षामा उत्तीर्ण हुने १४ जना सम्मानित भएका छन ।

कार्यक्रममा गन्गाई जातिको धर्म संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नेपालबाट गन्गाई जाति लोपउन्मुख अवस्थामा रहेकाले यस्ता कार्यक्रमहरुले गन्गाई जातिको अस्तिस्व जोगाउन मद्दत पुग्ने नेपाल गन्गाई कल्याण समिति परिषद जहदा गाउँपालिका वडा नं ६ का अध्यक्ष विकेश कुमार मण्डलले बताए । उनले हाल गन्गाई जाति नेपालको झापा र मोरङ जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा मात्रै पाईने गरेको जानकारी दिए ।

कार्यक्रममा भने नेपाल गन्गाई कल्याण समिति परिषद जहदा कार्यसमितिका अध्यक्ष काशीराम मण्डल, परिषदका केन्द्रिय अध्यक्ष श्याम प्रसाद मण्डल, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्र. मण्डल र धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह लगायतका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]