१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मादल मुरली ओझेलमा : आधुनिक देउसी भैलौ

Logo

✍राकेश कर्ण 
विराटनगर, कात्तिक १० 

बदलिँदो समय परिवेशसगै देउसी र भैलोले आफ्नो मौलिकता गुमाउँदै गईरहेको छ ।

अहिले केही समुहहरुले देउसी भैलोलाई आधुनिकीकरण गर्ने नाममा आफनो मौलिक परम्परालाई नै ओझेलमा पारिदिएका छन । बिशेष गरी मादल र स्थानीय लोकबाजा बजाएर खेलिनुपर्ने देउसी भैलो केही बर्ष यतादेखि बिस्तारै मेमोरी कार्ड वा पेनड्राईभमा सिमित भएको छ । आधुनिकीकरणको नाममा रेकर्ड गरिएका गीतहरुको साहारा लिँदै बेतालको नृत्य देखाउँदै आजभोली दैउसी भौलो खेलिन थालिएको छ ।

हिजोआज गाइने देउसी, भैलो र देखाइने नृत्यमा कुनैपनि किसिमको मौलिकता झल्किदैन । अधिकांश देउसी भैलो खेल्ने समूहहरुले हिन्दी र नेपाली चलचित्रका गीतहरुमा देउसी भैलो प्रदर्शन गरिरहेका हुन्छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली नै । आजका युवा पुस्ताले देउसी भैलोको मौलिकता बुझेका छैनन् । ठूलो स्वरमा बज्ने साउन्ड बक्समा गीत घन्काउँदा मनोरञ्जनभन्दा बढी हल्ला मात्रै हुने गरेको छ । ठूल्ठूलो स्वरमा गीत बजाउँदै चिच्याउँदै देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा आफूहरुलाई रमाइलोभन्दा बढी डर लाग्ने गरेको स्थानीय वृद्धवृद्धाहरु बताउँछन् ।

विराटनगरका पुरुषोत्तम भट्टराई भन्नुहुन्छ – “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु देख्न सुन्न पाइन्थ्यो तर, आजभोलिका आयातित गीतहरु सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मजा आउँथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । केही वर्षपछि लोकबाजा र भैलीकै मौलिकता हराउन सक्ने उहाँको चिन्ता छ ।

विराटनगरकी ६१ वर्षीय सत्या चौलागाई भन्छिन, “पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, टयाम्को लगायतका मौलिक बाजाहरु बजाउने गर्थे । तर अब ती सबै कुरा एकादेशका कथा मात्र भए ।”

समय सँगसँगै परिवर्तनको लहरमा दौडिनु त ठीकै हो तर आफ्नो संस्कृति र मुल्यमान्यतालाई चैं बिर्सनु हुँदैन । ठूल्ठुला साउन्ड बक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो खेल्नु संस्कृतिको अपमान गर्नु सरह नै हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]