०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

भारतमा महिला ट्रेन होस्टेसलाई नजिस्काउन यात्रुलाई चेतावनी

Logo

फारबिसगंज (भारत), कात्तिक ११
ईंडियन रेलवे केटरिंग एण्ड टुरिज्म कार्पोरेशनले (आईआरसीटीसी) ले यात्रीहरुलाई महिला ट्रेन होस्टेसलाई नजिस्काउन चेतावनी दिएको छ ।

आईआरसीटीसीले देशको पहिलो निजी ट्रेन तेजस एक्सप्रेसको यात्रीहरुलाई ट्रेन होस्टेससँग सभ्यतापुर्वक व्यवहार गर्न चेतावनी दिएको हो ।

दिल्ली र लखनऊको बीचमा चलिरहेको तेजस एक्सप्रेसमा विश्वस्तरीय सुविधाका साथ हवाईजहाज जस्तै यात्रुहरूको सेवाका लागि ट्रेन होस्टेसहरू छन । तर ट्रेनमा यात्रा गर्ने केही यात्रीहरूले ट्रेन होस्टेसहरुसँग दुर्व्यवहार गर्न थालेपछि आईआरसिटिसीले यस्तो कदम चालेको हो ।

सोही बिषयमा बोल्दै आईआरसीटीसीका प्रवक्ताले ट्रेनहरू सञ्चालन आएदेखि यस्ता उत्पीडनको केही घटनाहरू बाहिर आएको बताए । उनले यात्रुहरूले ट्रेन होस्टेसलाई रोकेर उनको फोन नम्बर माग्ने वा सँगै सेल्फी क्लिक गर्न सोधी उनीहरुलाई हैरान गर्ने गरेको उल्लेख गरे ।

यसको स्थायी समाधानका लागि आईआरसीटीसीले तेजस ट्रेनको घोषणा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ । यसबाहेक आईआरसीटीसीकाअधिकारीहरु तेजस ट्रेनका होस्टेसबाट यात्रीहरुको व्यवहार बारे प्रतिक्रिया समेत लिनेछन ।

यसको आधारमा बेमतलब होस्टेसहरुसँग दुर्व्यवहार गर्ने यात्रुहरुलाई कानुन बमोजिम कारबाही गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]