०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भारतमा महिला ट्रेन होस्टेसलाई नजिस्काउन यात्रुलाई चेतावनी

Logo

फारबिसगंज (भारत), कात्तिक ११
ईंडियन रेलवे केटरिंग एण्ड टुरिज्म कार्पोरेशनले (आईआरसीटीसी) ले यात्रीहरुलाई महिला ट्रेन होस्टेसलाई नजिस्काउन चेतावनी दिएको छ ।

आईआरसीटीसीले देशको पहिलो निजी ट्रेन तेजस एक्सप्रेसको यात्रीहरुलाई ट्रेन होस्टेससँग सभ्यतापुर्वक व्यवहार गर्न चेतावनी दिएको हो ।

दिल्ली र लखनऊको बीचमा चलिरहेको तेजस एक्सप्रेसमा विश्वस्तरीय सुविधाका साथ हवाईजहाज जस्तै यात्रुहरूको सेवाका लागि ट्रेन होस्टेसहरू छन । तर ट्रेनमा यात्रा गर्ने केही यात्रीहरूले ट्रेन होस्टेसहरुसँग दुर्व्यवहार गर्न थालेपछि आईआरसिटिसीले यस्तो कदम चालेको हो ।

सोही बिषयमा बोल्दै आईआरसीटीसीका प्रवक्ताले ट्रेनहरू सञ्चालन आएदेखि यस्ता उत्पीडनको केही घटनाहरू बाहिर आएको बताए । उनले यात्रुहरूले ट्रेन होस्टेसलाई रोकेर उनको फोन नम्बर माग्ने वा सँगै सेल्फी क्लिक गर्न सोधी उनीहरुलाई हैरान गर्ने गरेको उल्लेख गरे ।

यसको स्थायी समाधानका लागि आईआरसीटीसीले तेजस ट्रेनको घोषणा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ । यसबाहेक आईआरसीटीसीकाअधिकारीहरु तेजस ट्रेनका होस्टेसबाट यात्रीहरुको व्यवहार बारे प्रतिक्रिया समेत लिनेछन ।

यसको आधारमा बेमतलब होस्टेसहरुसँग दुर्व्यवहार गर्ने यात्रुहरुलाई कानुन बमोजिम कारबाही गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]