०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

चित्रगुप्त पुजाको अवसरमा कायस्थ समुदायद्वारा कलमको पुजा

Logo

विराटनगर, कात्तिक १२

आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ ।

भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम बोकेका भगवान चित्रगुप्तको पूजा अर्चना गरिनुका साथै आज रातभरी जाग्राम बस्ने गरी विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

चित्रगुप्त समाज कल्याण परिषद् युवा समिति तिनटोलीयाले यसै अवसरमा मौलिक मिथिला चित्रकला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । श्रृष्टिकर्ता परमपिता ब्रम्हाको इच्छापुत्र चित्रगुप्तको सन्तान भएको मान्यता राख्ने यो समुदायले सदियौँदेखि यो परम्परा मान्दै आएका हुन् । भाइटीकाको दिन सम्पन्न हुने यस पूजाको भोलिपल्ट नजिकैको पवित्र जलाशयमा भगवान चित्रगुप्तको प्रतिमा सेलाउने गरिन्छ ।

कलमका देवता तथा मानिसको पाप र पूण्यको लेखाजोखा राख्ने देउताको रुपमा भगवान चित्रगुप्तको पूजा गर्ने गरिन्छ । चित्रगुप्तलाई भगवान ब्रम्हाद्वारा यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख छ । चित्रगुप्त पूजाको दिनमा कायस्थ समुदायले कलम प्रयोग नगरी यसलाई धोइपखाली बिधिपूर्बक मन्त्रोचारण गरी पूजा गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]