२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चित्रगुप्त पुजाको अवसरमा कायस्थ समुदायद्वारा कलमको पुजा

Logo

विराटनगर, कात्तिक १२

आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ ।

भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम बोकेका भगवान चित्रगुप्तको पूजा अर्चना गरिनुका साथै आज रातभरी जाग्राम बस्ने गरी विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

चित्रगुप्त समाज कल्याण परिषद् युवा समिति तिनटोलीयाले यसै अवसरमा मौलिक मिथिला चित्रकला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । श्रृष्टिकर्ता परमपिता ब्रम्हाको इच्छापुत्र चित्रगुप्तको सन्तान भएको मान्यता राख्ने यो समुदायले सदियौँदेखि यो परम्परा मान्दै आएका हुन् । भाइटीकाको दिन सम्पन्न हुने यस पूजाको भोलिपल्ट नजिकैको पवित्र जलाशयमा भगवान चित्रगुप्तको प्रतिमा सेलाउने गरिन्छ ।

कलमका देवता तथा मानिसको पाप र पूण्यको लेखाजोखा राख्ने देउताको रुपमा भगवान चित्रगुप्तको पूजा गर्ने गरिन्छ । चित्रगुप्तलाई भगवान ब्रम्हाद्वारा यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख छ । चित्रगुप्त पूजाको दिनमा कायस्थ समुदायले कलम प्रयोग नगरी यसलाई धोइपखाली बिधिपूर्बक मन्त्रोचारण गरी पूजा गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]