२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

देउवाले मुख छाडे

Logo

काठमाडौं, कार्तिक १६
आफ्नो निर्णय विरुद्ध उत्रिएका नेविसंघका केही विद्यार्थी नेतालाई कांग्रेस सभापति शेर बहादुर देउवाले गाली गलौच गरेका छन् । देउवाले नेपाल विद्यार्थी संघमा ५० वर्ष नाघेका राजीव ढुंंगानालाई सभापति बनाउन खाजेपछि विद्यार्थीहरु उनको विरोधमा उत्रिएका थिए ।
शुक्रवार केन्द्रीय समिति बैठक बस्ने भएपछि पार्टि कार्यलय सनेपामा पुगेका सभापति देउवाले विद्यार्थीहरूलाई गाली गर्दै मुख छाडेको बताईएको छ । पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको अगुवाइमा विद्यार्थीहरु पार्टि कार्यलय अगाडि नै प्रद्धशन गरिरहेका थिए । एक विद्यार्थी नेताले भने “सभापति ज्यू गाडीबाट ओर्लने वित्तकै , हामी तिर औला ठड्याउदै मुख छाड्नु भयो”
कुन्दन काफ्ले समूहका विद्यार्थीहरूले देउवालाई घेरेर नाराबाजी गरेका थिए । उनीहरूले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए । उमेर हदअनुसार ३२ वर्ष तलको नेतृत्व संगठनमा ल्याउनुपर्ने उनीहरु माग रहेको छ ।

विद्यार्थीहरुले चर्को नाराबाजी गर्दै दाउवालाई घेरेपछि उनले आक्रोशमा विद्यार्थीलाई गाली गलौंच गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]