१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

देउवाले मुख छाडे

Logo
प्रकाशित शनिबार, कार्तिक १६, २०७६

काठमाडौं, कार्तिक १६
आफ्नो निर्णय विरुद्ध उत्रिएका नेविसंघका केही विद्यार्थी नेतालाई कांग्रेस सभापति शेर बहादुर देउवाले गाली गलौच गरेका छन् । देउवाले नेपाल विद्यार्थी संघमा ५० वर्ष नाघेका राजीव ढुंंगानालाई सभापति बनाउन खाजेपछि विद्यार्थीहरु उनको विरोधमा उत्रिएका थिए ।
शुक्रवार केन्द्रीय समिति बैठक बस्ने भएपछि पार्टि कार्यलय सनेपामा पुगेका सभापति देउवाले विद्यार्थीहरूलाई गाली गर्दै मुख छाडेको बताईएको छ । पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको अगुवाइमा विद्यार्थीहरु पार्टि कार्यलय अगाडि नै प्रद्धशन गरिरहेका थिए । एक विद्यार्थी नेताले भने “सभापति ज्यू गाडीबाट ओर्लने वित्तकै , हामी तिर औला ठड्याउदै मुख छाड्नु भयो”
कुन्दन काफ्ले समूहका विद्यार्थीहरूले देउवालाई घेरेर नाराबाजी गरेका थिए । उनीहरूले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए । उमेर हदअनुसार ३२ वर्ष तलको नेतृत्व संगठनमा ल्याउनुपर्ने उनीहरु माग रहेको छ ।

विद्यार्थीहरुले चर्को नाराबाजी गर्दै दाउवालाई घेरेपछि उनले आक्रोशमा विद्यार्थीलाई गाली गलौंच गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]