१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

खसी माग्ने डिएसपीको पनि छानविन हुने ( खसी मागेको अडियो सहित )

Logo

काठमाडौं, कार्तिक १६
दशैका लागी खसी माग्ने कोहलपुर,ईलाका प्रहरी कार्यलयका ईन्चार्ज डिएसपी हेमबहादुर शाहीेलाई छानविन गरिने भएको छ ।
दशै ताका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही छानविनको दायरामा तानिएका हुन् । डिएसपीमाथि पनि अनुसन्धान हुने प्रहरी हेडक्वाटर स्रोतले बताएको छ ।


दशैताका खसी नपठाएपछि तरुण दलका कोषाध्यक्ष केशरसँग डिएसपी हेमबहादुरको संबन्ध चिसिएको थियो । त्यसपश्च्यत डिएससीले केशरलाई फोन गरी देखाइदिने धम्की दिएका थिए ।
धम्की दिएको केहि दिन बित्न नपाउदै कार्तिक १५ गते तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जना पक्राउ परे । उनीहरुको गाडीबाट पेस्तोल भेटिएको भन्दै डिएसपीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । तर खसी नदिएको रिसिबी साद्नलाई डिएसपीले नियोजित रुपमा आफुहरुलाई फसाएको पक्राउ परेकाहरको भनाई छ । विषेश गरी खसी नदिने कोषाध्यक्ष खड्कालाई नै टार्गेट गरेर प्रहरीले षड्यन्त्र रचेको तरुण दलको ठम्मयाई छ । तर संयोगबस आफु त्यस समय त्यहाँ उपस्थित नभएकाले प्रहरीले प्रक्राउ गर्न नसकेको कोषाध्यक्ष खड्को बताउँछन् ।
प्रधान कार्यलयको स्रोत भन्छ “पेस्तोत बरामद हुनु र खसी माग्नु बेग्ला–बेग्लै विषय हो । पेस्तोलको विषयमा अनुसन्धान सकिएपछि, डिएसपी माथि पनि अनुसन्धान गरिने छ”
उक्त विषयलाई लिएर तरुण दलले कोहलपुरमा प्रद्धशन गरिरहेको छ ।

सुचना स्रोत : हाम्रा कुरा र अनलाईन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]