२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

खसी माग्ने डिएसपीको पनि छानविन हुने ( खसी मागेको अडियो सहित )

Logo

काठमाडौं, कार्तिक १६
दशैका लागी खसी माग्ने कोहलपुर,ईलाका प्रहरी कार्यलयका ईन्चार्ज डिएसपी हेमबहादुर शाहीेलाई छानविन गरिने भएको छ ।
दशै ताका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही छानविनको दायरामा तानिएका हुन् । डिएसपीमाथि पनि अनुसन्धान हुने प्रहरी हेडक्वाटर स्रोतले बताएको छ ।


दशैताका खसी नपठाएपछि तरुण दलका कोषाध्यक्ष केशरसँग डिएसपी हेमबहादुरको संबन्ध चिसिएको थियो । त्यसपश्च्यत डिएससीले केशरलाई फोन गरी देखाइदिने धम्की दिएका थिए ।
धम्की दिएको केहि दिन बित्न नपाउदै कार्तिक १५ गते तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जना पक्राउ परे । उनीहरुको गाडीबाट पेस्तोल भेटिएको भन्दै डिएसपीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । तर खसी नदिएको रिसिबी साद्नलाई डिएसपीले नियोजित रुपमा आफुहरुलाई फसाएको पक्राउ परेकाहरको भनाई छ । विषेश गरी खसी नदिने कोषाध्यक्ष खड्कालाई नै टार्गेट गरेर प्रहरीले षड्यन्त्र रचेको तरुण दलको ठम्मयाई छ । तर संयोगबस आफु त्यस समय त्यहाँ उपस्थित नभएकाले प्रहरीले प्रक्राउ गर्न नसकेको कोषाध्यक्ष खड्को बताउँछन् ।
प्रधान कार्यलयको स्रोत भन्छ “पेस्तोत बरामद हुनु र खसी माग्नु बेग्ला–बेग्लै विषय हो । पेस्तोलको विषयमा अनुसन्धान सकिएपछि, डिएसपी माथि पनि अनुसन्धान गरिने छ”
उक्त विषयलाई लिएर तरुण दलले कोहलपुरमा प्रद्धशन गरिरहेको छ ।

सुचना स्रोत : हाम्रा कुरा र अनलाईन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]