३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सहिद परिवारलाई कोशेली

Logo

बारा, कार्तिक १८
बाराका एक सहिद परिवारलाई छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बाइना प्रदान गरेका छ । मधेशी रितिरिवाज र संस्कार अनुसार एक धर्मको पर्वहरुमा अरु धर्मका इष्ट मित्र, छरछिमेकलाई आपसी मेलापात, भाइचारा, सद्भाव कायम राख्न कोशेली (बाइना) दिने चलन रहेको छ । सोही रित अनुसार सोमबार बारा जिल्लाका सहिद हिफाजत मियाको परिवारमा गएर जनविद्रोह समितिले कोशेली (बाइना) प्रदान गरेको हो । हिफाजत मिया २०७२ सालको मधेश अन्दोलनमा शहिद भएका थिए ।

राजनितीक लडाइर्मा आफन्त गुमाएको कुरा हरेक पर्वमा विशेष गरि सम्झना हुने गरेको हुन्छ सोही कुराको मध्यनजर गरि हरेक पर्वमा सहिद परिवारको घरघरमा गएर सहानुभूति स्वरुप कोशेली दिने गरेको समितिका केन्द्रीय सदस्य अजय पटेलले बताए ।
राज्यविरुद्ध विभिन्न समयमा भएको अधिकारको लडाईमा सहदत्त प्राप्त गरेका विभिन्न सहिद परिवारको घरमा गई प्रत्येक वर्ष समितिले कोशेली प्रदान गर्ने गरेको छ ।
कोशेली दिन संचारकर्मी मुना ठाकुर, अहमद हुसेन, भोजपुरी गायक भोजपुरिया लगायतका उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]