०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

छोरीको पास्‌नी बृद्धा आश्रममा

"आफ्ना छोराछोरी सम्झेर होला आमाहरु भक्कानिनु भयो "
Logo
प्रकाशित सोमबार, कार्तिक १८, २०७६

✍ खेम पौडेल
विराटनगर,कर्तिक १८
जन्म,विवाह,व्रतबन्ध,न्वारन, जस्ता धेरै उत्सवहरु मानिसको जिवनमा आउने गर्दछन् । ति उत्सव मनाउन कोही सिंगापुर पुग्छन् कोही लण्डन । कोही ठुला ठुला तारे होटल बुक गर्छन् कोही घरमै खसी ढालेर भोजभतेर गर्छन् ।
तर विराटनगर ६ निवासी बसन्त गौतमले भने उत्सव मनाउने भिन्न शैली रोजे । उनले आफ्नो ५ महिनाकी छोरी कृपाको पास्नी–उत्सव बृद्धा आश्रममा मनाउने निधो गरे ।

कार्तिक १३ गते भाईटिकाको भोली पल्ट आफ्नो पाँच महिने छोरी सहित सपरिवार बसन्त विराटनगरको पुष्पलालचौकस्थित महिला जागृति तथा बृद्धाआश्रमतर्फ हानिए । कोशेलीमा वृद्ध आमाहरुलाई ऊन्युको चोली अनी धेरै मिठाईका प्रकारहरु सहित । आश्रममा पुगेर गौतम दम्पतीले आफैले खीर\पनीर पाकाए र वृद्धा आमाहरुलाई जालपान गराए । बसन्त भन्छन् “हामीले आमाहरुका लागी कोशेलीमा चोलो लगेका थियौं, चोलो दिनसाथ आमाहरुले लगाएर आउनुभयो र कस्तो देखियो भन्दै सोध्नुभयो ? हाम्रो मन पग्लियो” उनले थपे “कति आमाहरु सायद छोराछोरी सम्झेर होला भक्कानिनु भयो, हाम्रा पनि आखाँ रसाए”
यसरी उत्सव मनाउदा भिन्नै खाल्को आनन्द प्राप्त गरेको गौतम दम्पती अनुभव सुनाउछन् । बसन्तका धर्मपत्नी बीना भन्छिन् “हामीलाई कति आनन्द महशुस भएको छ त्यो म शब्दमा बयान गर्न सक्दिन, तर दावाका साथ भन्न सक्छु होटलमा भोजभतेर गरेको भए यति आनन्द आउदैन्थ्यो”

वृद्ध आमाहरुको सेवा गरेर चरम आनन्द महसुस गरेका गौतम दम्पतीले अब जिवनका हरेक उत्सवहरु यसै गरी गरिव, दुखि र असाहयको सेवा गरेर विताउने समेत संकल्प गरेका छन् ।
पास्नी उत्सव बृद्धाआश्रममा मनाएर गौतम दम्पत्तिले समाजलाई एउटा उदारणीय पाठ सिकाएका छन् । होटल तथा घरमा मान्छेहरुको ताति लगाएर भोजभेतर गराउनु भन्दा अरुको सेवा गरेर उत्सव मनाउनु नै उचित हो । के तँपाई गौतम परिवार झैँ अरुको सेवा गरेर जिवनका उत्सवहरु मनाउन सक्नुहुन्छ ?

 

गौतम परिवार र आश्रमका वृद्ध आमाहरु

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]