२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

ईराकीको जन्मोत्सव : १०५ छात्रालाई उपहार 

हेरक वर्ष समाजिक कार्य गरी जन्मोत्सव मनाउँछन् ईराकी
Logo

विराटनगर, कार्तिक १९
विराटनगरका युवा अभियानता चांद इराकीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । बर्थ–डे–वोई इराकीले बिराटनगरको रानीस्थित जोहरा लिल मोमिनात मदरसाका सम्पुर्ण विद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । मुस्लिम धर्मावलम्बी छात्राहरुले मात्र अध्ययन गर्ने उक्त मदरसामा हाल १०५ विद्यार्थी छन् ।
हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक काममा गरेर मनाउने गरेको र आगामी वर्षहरुमा पनि यो कामलाई निरन्तरता दिने ईराकी बताउँछन् । उनले जिवनको हरेक उत्सव सामाजिक काम गरेर मनाउन युवाहरुलाई पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]