३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

“क्‍वाटरमा  बसेर गाँजा ताने जस्तो होईन, डाक्टरसँग चेकअप गराउनुस्”

मेयरका स्वकिय सचिव र पुर्व प्रमुख प्रशासकिय अधिकृतविच फेसबुकमा भनाभन
Logo

विराटनगर, कार्तिक २१
विराटनगर महानगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत कुमार दहाल र मेयरका स्वकिय सचिव त्रिभुसन गिरी विच फेसबुकमा भनाभन भएको छ । गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचारमा पुर्व प्रशाकिय अधिकृत दहालले नकारात्मक टिप्पणी गरेपछि गिरी आक्रोशित बनेका थिए । गिरीले केहि दिनअघि आफ्नो व्यक्तिगत फेसबुकमा ‘मेयरले महानगरको सुख संवृद्धिका लागी लिएको’ छठ व्रर्तको समाचार पोष्ट गरेका थिए ।

गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचार

उक्त पोष्टमा कुमार दहालले विराटनगरका मेयर भिम पारजुलीलाई ईंगित गर्दै “अघोरी बाबा पनि सोसल मिडिया पपुलर हुन्छन् । काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर” भन्दै नकारात्मक कमेन्ट गरेका थिए । प्रतिउत्तरमा मेयरका स्वकिय सचिव गिरीले “महानगरको बारेमा नकारात्मक कमेन्ट गर्ने तपाई को हो ? क्‍वाटरमा बसेर गाँजा तानेको जस्तो होईन, जानुस गएर मानसिक डाक्टरसँग चेकअप गराउनुस् भनेका थिए”
त्रिभुसनले दिएको प्रतिउत्तरसँगै कुमार दहालको चरित्र बारे नँया रहस्य उद्घाटन भएको छ । गिरीले  घुमाउरो पारामा क्‍वाटरमा बसेर दहालले गाँजा फुक्ने गरेको कमेन्टमा भनेका छन् । नेपालमा गाँजा प्रतिबन्धित चिज हो । यदी गिरीले लगाएको आरोप सही हो भने कुमार दहाल एक मिनेट पनि सरकारी अहोदामा बस्न योग्य मान्छे होइन । यसको विषयमा सरकारले छानविन गर्न अतिआवश्यक छ ।
अर्कोतर्फ कुमार दाहलले दिएको प्रतिक्रिया मर्यादा विपरित भएको जानकारहरु बताउछन् । कुनैपनि सरकारी अहोदामा बाहल रहेको व्यक्तिले जनप्रतिनिधीको काम–कारवाहीलाई ठाडै टिप्पणी गर्नु मर्यादा विपरीत हुने जानकारहरुको भनाई छ । विराटनगरमै कार्यकारी प्रमुख रहि सकेका दहालले आफ्नै प्रमुखको विषयमा नकारात्मक टिप्पणी गर्दा उनको नैतिकतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

गाँजा तानेको र मर्यादाको विवादमा मुछिएपछि कुमार दहालले आफुले गरेको कमेन्ट डिलिट गरेका छन् ।

९ महिनासम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत कुमार दहालको २०७५ साल फागुनमा विराटनगरवाट सरुवा भएको थियो । उनी महानगरमा रहदा समेत पटक पटक विवादमा तानिएका थिए । जनप्रतिनिधिहरुले गरेको काममा पटक पटक हस्तक्षेप गर्ने गरेको उनलाई आरोप लगारहन्थ्यो । उनले एकपटक महानगरको बोर्ड बैठक चलिरहेको बेला एक वडा अध्यक्षसँग हात हालहाल गरेर समेत विवादमा तानिएका थिए ।
फगुनमा सरुवा भएर उनी महानिर्देशक रुपमा यतायात व्यवस्था विभाग पुगे । त्यहा पुगेपछि पनि उनी उनको स्वाभावमा परिवर्तन आएन । पटक पटक मन्त्री स्तरवाट आएको निर्णयलाई नै हस्तक्षेप गर्नेगरी उनले कामकारवाही गर्न थालेपछि कुमार विभागमा समेत छ महिना पनि टिक्न सकेनन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]