११ आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

लाहुरेको श्रीसम्पत्ति श्रीमति र छोराको उपचार गर्दै सकियो

श्रीमतिका दुबै मृगौला खराब, छोराको मस्तिष्क पक्षघात
Logo
प्रकाशित शनिबार, कार्तिक ३०, २०७६

दिनेश खड्का (रुकुम) ,काठमाडौ
गोर्खा बारपाकका मनु घले यतिबेला जिन्दगीका निकै कष्ठपुर्ण दिनहरु झेलिरहेका छन । श्रीमति र छोरालाइ गम्भिर प्रकृतिका रोगहरुले थला पारेपछि उनीहरुको उपचारको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले मनु पनि थलिएका छन । १८ बर्षिया छोरा उमेश घले र ३६ बर्षिया श्रीमति हरिमाया घले भिन्न भिन्नै गम्भिर प्रकृतिका रोगले विछौनामै थलिएपछि मनुले आफुले कमाएको सबै सम्पति उनीहरुकै उपचारमा सकाएका छन । २०६२ साल बाट छोरालाइ मस्तिष्क पक्षघात र २०७२ साल बाट श्रीमति हरिमायालाइ दुबै मृगौलामा खराबी आएपछि उपचारमा करिब ४५ लाख रुपयाँ सकिएको मनु बताउँछन । श्रीमति हरिमायालाइ मृगौला प्रत्यारोपन गर्न चिकित्सकहरुले सल्लाह दिएका छन । दुबै मृगौला खराबी भएपछि दिनदिनै हरिमायाको अवस्था बिग्रदै गएको छ । समयमै उपचार नभए हरिमायाको स्वास्थ्य अवस्थामा दुर्घटना हुनसक्छ । मृगौला प्रत्यारोपनको लागी उनीहरु सग अब न पैसा छ न कोही मृगौला दिने आफन्त नै छन । एक दुइ जना आफन्त मृगौला दिन तयार भए पनि प्राबिधिक रुपमा नमिलेपछि झन उनीहरुको परिवार संकटमा परेको छ । पेन्सनमा अबकास प्राप्त पुर्व इण्डीयन लाहुरे मनुले सबै खर्च छोरा र श्रीमति दुबैको उपचारमा खर्चेका गरेका छन । उपचारमा गोर्खामा रहेको घर,जग्गा बेचेर उल्टो बैक बाट १२ लाख लोन लिएको बताउछन । एउटा चरणको अप्रेशन गरेको छोरालाइ केही सुधार भएपनि अझै पुर्ण सुधार हुन धेरै पैसा खर्च हुने मनुको भनाइ छ । अहिले सम्म कमाएको सबै सम्पति सकेपनि अझै मनुले हार खाएका छैन ।
काठमाडौको सामाखुसीमा कोठाभाडा लिएर छोरा र श्रीमतिको उपचार गदै आएका मनुको दैनिकी निकै कष्ठपुर्ण छ । छोरा र श्रीमतिलाइ निको बनाएपछि मात्रै मनुको शरिरमा घाम लाग्ने छ । दुबै मृगौला खराबिका कारण आफनै स्वास्थ्यसँग कडा सर्घष गरिरहेकी हरिमाया आफनै भन्दा पनि छोराको चिन्तामा बढि छिन । आमाको माया कति हुन्छ भन्ने कुरा पनि हरिमायाले छोरालाइ गरेको मायाले पुष्टी गर्छ । छोरा पुर्ण स्वस्थ्य भयो भने बाकी जिवन सुखद होला भन्ने हरिमाया र उनका श्रीमानको झिनो आशा छ । कसैले उपचारमा सहयोग गरे आफुहरुले नँया जिवन पाउने भन्दै सबैलाइ उपचारमा सहयोग गरिदिन श्रीमति हरिमाया विन्ती गर्छिन । अहिलेसम्म कतै बाट सहयोग नपाएका पिडितहरु आगामी दिनमा सहयोग हुन्छ की कतै बाट भन्ने आशामा रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा […]

काठमाडौँ, २३ जेठ ।  सुनचाँदी व्यवसायी तथा कालिगढहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने भएपछि फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी यहि जेठ २५ गते […]

काठमाडौँ, २३ जेठ । । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न लचक भएको देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट र भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने तयारी भएको बताउँदै सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान […]