०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लाहुरेको श्रीसम्पत्ति श्रीमति र छोराको उपचार गर्दै सकियो

श्रीमतिका दुबै मृगौला खराब, छोराको मस्तिष्क पक्षघात
Logo

दिनेश खड्का (रुकुम) ,काठमाडौ
गोर्खा बारपाकका मनु घले यतिबेला जिन्दगीका निकै कष्ठपुर्ण दिनहरु झेलिरहेका छन । श्रीमति र छोरालाइ गम्भिर प्रकृतिका रोगहरुले थला पारेपछि उनीहरुको उपचारको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले मनु पनि थलिएका छन । १८ बर्षिया छोरा उमेश घले र ३६ बर्षिया श्रीमति हरिमाया घले भिन्न भिन्नै गम्भिर प्रकृतिका रोगले विछौनामै थलिएपछि मनुले आफुले कमाएको सबै सम्पति उनीहरुकै उपचारमा सकाएका छन । २०६२ साल बाट छोरालाइ मस्तिष्क पक्षघात र २०७२ साल बाट श्रीमति हरिमायालाइ दुबै मृगौलामा खराबी आएपछि उपचारमा करिब ४५ लाख रुपयाँ सकिएको मनु बताउँछन । श्रीमति हरिमायालाइ मृगौला प्रत्यारोपन गर्न चिकित्सकहरुले सल्लाह दिएका छन । दुबै मृगौला खराबी भएपछि दिनदिनै हरिमायाको अवस्था बिग्रदै गएको छ । समयमै उपचार नभए हरिमायाको स्वास्थ्य अवस्थामा दुर्घटना हुनसक्छ । मृगौला प्रत्यारोपनको लागी उनीहरु सग अब न पैसा छ न कोही मृगौला दिने आफन्त नै छन । एक दुइ जना आफन्त मृगौला दिन तयार भए पनि प्राबिधिक रुपमा नमिलेपछि झन उनीहरुको परिवार संकटमा परेको छ । पेन्सनमा अबकास प्राप्त पुर्व इण्डीयन लाहुरे मनुले सबै खर्च छोरा र श्रीमति दुबैको उपचारमा खर्चेका गरेका छन । उपचारमा गोर्खामा रहेको घर,जग्गा बेचेर उल्टो बैक बाट १२ लाख लोन लिएको बताउछन । एउटा चरणको अप्रेशन गरेको छोरालाइ केही सुधार भएपनि अझै पुर्ण सुधार हुन धेरै पैसा खर्च हुने मनुको भनाइ छ । अहिले सम्म कमाएको सबै सम्पति सकेपनि अझै मनुले हार खाएका छैन ।
काठमाडौको सामाखुसीमा कोठाभाडा लिएर छोरा र श्रीमतिको उपचार गदै आएका मनुको दैनिकी निकै कष्ठपुर्ण छ । छोरा र श्रीमतिलाइ निको बनाएपछि मात्रै मनुको शरिरमा घाम लाग्ने छ । दुबै मृगौला खराबिका कारण आफनै स्वास्थ्यसँग कडा सर्घष गरिरहेकी हरिमाया आफनै भन्दा पनि छोराको चिन्तामा बढि छिन । आमाको माया कति हुन्छ भन्ने कुरा पनि हरिमायाले छोरालाइ गरेको मायाले पुष्टी गर्छ । छोरा पुर्ण स्वस्थ्य भयो भने बाकी जिवन सुखद होला भन्ने हरिमाया र उनका श्रीमानको झिनो आशा छ । कसैले उपचारमा सहयोग गरे आफुहरुले नँया जिवन पाउने भन्दै सबैलाइ उपचारमा सहयोग गरिदिन श्रीमति हरिमाया विन्ती गर्छिन । अहिलेसम्म कतै बाट सहयोग नपाएका पिडितहरु आगामी दिनमा सहयोग हुन्छ की कतै बाट भन्ने आशामा रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]