०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

रुसी राष्ट्रपति पुटिन नेपाल आउने

Logo
प्रकाशित शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं,मंसिर ६
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।
पुस दोस्रो साता पुटिनले नेपालको भ्रमण गर्न सक्ने बताइएको छ । आज केही नेपाली संचारमाध्यमले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको उच्चस्रोतको हवला दिदै उक्त समाचार प्रकाशन गरेका छन् । यद्यपी यकिन मिति भने तय नभएको बताईएको छ । पुटिन ३ दिनसम्म नेपाल रहने समेत समाचारमा उल्लेख गरिएको छ ।
नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]