२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विद्यार्थी कल्याणकारी परिषदको सभापतिमा चुडाल

Logo
प्रकाशित मंगलबार, मंसिर १०, २०७६

विराटनगर, मंसीर १०
पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा अध्ययनरत् विद्यार्थीहरुको बृहत भेलाले काशीनाथ चुडाललाई विद्यार्थी कल्याणकारी परिषद्को सभापतिमा सर्वसम्मत चयन गरेको छ ।
भेलाले उपाध्यक्षमा अच्यूत भटराई, सचिवमा लबकुमार यादव, सह–सचिवमा अनिष खनाल, कोषाध्यक्षमा मुना वस्ती, सदस्यहरुमा योगेन्द्र चौधरी, सुप्रिता दास, भावना पोखरेल र मेरिना शाक्यलाई चयन गरेको छ ।
‘मेरो एक मात्र ध्यय बिद्यार्थीका हक र अधिकारको लागि लड्नु हो’ नव निर्वाचित सभापति चुडालले भने ‘विद्यार्थी कल्याणकारी परिषद् कुनै राजनैतिक दलको भातृ संगठन होइन, यसले राजनैतिक कृयाकलाप पनि गर्दैन र यो विशुद्ध प्राज्ञिक उन्ननयका लागि स्थापित संस्था हो’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]