१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

“रुम फाइन्डर” काठमाडौंका नँया ठगहरु

कोठा खोजीदिने भन्दै कमिसन खानेहरुको बिगविगी
Logo

काठमाडौं, मंसिर २४
काठमाडौंमा कोठा तथा फ्ल्याट खोजी दिने नाममा केही गिरोहहरुले ठगीधन्धा चालउने गरेको खुलासा भएको छ । त्यस्ता गिरोहले विभिन्न रुम फाइन्डर सिर्भिसको नाममा काठमाडौंको विभिन्न स्थानमा कार्यलयनै संचालन गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको पाईएको छ ।
गिरोहले फेसबुकमार्फत सस्तोमा कोठा तथा फ्ल्याट उपलब्ध भएकाे झुठो जानकारी दिने र ग्राहक सम्पर्कमा आएपछि विभिन्न बाहनामा पैशा असुल्ने गरेको सर्वसाधरणको गुनासो छ ।

स्टिङ अपरेशन
यस विषयमा सत्यतथ्य पत्ता लगाउन जानचर्चाको टोलीले स्ट्रिङ अपरेशन गर्ने निधो गर्यो । सोही अनुरुप हाम्रा संवाददाता (दिनेश खड्का)ले ग्राहक बनी काठमाडौंमा विभिन्न रुम फाईन्डरलाई सम्पर्क गरे ।

एक रुम फाइन्डर सर्भिस र संवाददाता खड्का बिच भएको टेलीफोन कुराकानी :

ग्राहक (संवाददता) : हेलो सर, फेसबुकमा पोष्ट देखेको थिए, १७ हजारमा फ्याट खाली छ रे नि हो ? शंखमुलमा ।
रुम फाइन्डर प्रतिनिधि :  हो त, खाली छ ।
ग्राहक(संवाददता) : आजै देखाउन सक्नुहुन्छ फ्लायट ?
रुम फाइन्डर प्रतिनिधि : हुन्छ, संखमुल टावर तिर अफिस छ , सढे १० बजे खुल्छ, आउनु नि ।
ग्राहक (संवाददता) : आज शनिवार पनि खुल्छ ?
रुम फाइन्डर प्रतिनिधि  : खुल्छ, खुल्छ ।
ग्राहक (संवाददता) : के हो अफिसको नाम ?
रुम फाइन्डर प्रतिनिधि : रोड–क्रम रुम फाइन्डर

संवाददाता खड्काकै शब्दमा
रुम फाइन्डरको गोरखधन्धापत्ता लगाउन म ग्राहक बनी शंखमुलस्थित रोड–क्रम रुम फाइन्डर कहाँ पुगे । क्रसरोड रुम फाइन्डरको आफिस शंखमुल टावरको उत्तरतर्फ ४\५ घर पर र छ । चेपारा र सानो कुचुक्क परेको कोठामा खोलिएको आफिस हेर्दा उसैले काठमाडौंमा राम्रो कोठा नभेट जस्तो मलाई लग्यो । आफिस भित्र एउटा टेवल दुईटा सोफा थियो । अफिस भित्र ३ जना युवाहरु बसेका थिए । मैले उनीहरुलाई नमस्कार गरे । र विज्ञापन अनुसारको संखमुलमा रहेको १७ हजारको फ्लायट देखाउन आग्रह गरे ।
एक युवाले मेरो प्रश्न राम्ररी टुङ्गिन नपाउँदै फ्याट जवाफ फर्काइहाले “भाडा लागी सक्यो, भर्खर १० मिनेट आगाडि”
म चकित भए । उनीहरुले मलाई मुर्ख बनाउन खोजेको मैले सहजै बुझीसकेको थिए । त्यसपश्च्यात उनीहरुले मलाई विकल्पमा महँगा महँगा फ्ल्याटहरु छन् भनी बताए । मैले उनीलाई विकैल्पिक भएपनि फ्ल्याट देखाउन आग्रह गरे । उनीहरुले त्यसका लागी फर्म भर्नु पर्ने सर्त राखे जसका लागी अग्रीम ५ सय तिर्नु पर्ने रहेछ । र ६ हजार कमिसन पनि दिनुपर्ने उनीहरुले बताए ।

ग्राहकलाई सस्तो विज्ञापन देखाएर बोलाउने र ग्राहक सम्पर्कमा आएपश्च्यात कोठा भाडामा लागी सक्यो भन्दै नयाँ कोठा देखाउने बहानामा फर्म भर्न लागाउने र सक्दो पैशा कुम्लाउने उनीहरुको रणनितिनै र छ ।
बुझ्दै जाँदा अन्य कोठा खोज्ने सर्भिसहरुले पनि यसै गरी ठगी गर्ने गरेको पाइयो । मैतिदेवीस्थित हाम्रो रेन्टल सर्भिसले पनि कोठा खोजदिनेभन्दै ग्राहकसँग आग्रम २ हजार बुझ्ने गरेको र घरभाडाको आधा पैशा कमिसन बापत समेत बुझाउनु पर्ने सर्त राखेको पाईयो । मैतिदेवीकै इ–रेन्टले पनि उसै गरि ठगी गर्ने गरेको पाईएको छ ।

हाल काठमाडौंमा ३ दर्जनभन्दा बढी कोठा खोज्ने कम्पनीहरु संचालनमा छन्, ति मध्ये प्राय दर्ता नभएका र दर्ता भएकाले पनि प्रयोजन स्पष्ट नखुलएको पाईएको छ ।
यस्ता ठगी धन्धा गर्ने तर्फ नेपाल प्रहरी र अन्य संबन्धित को ध्यानजान जारुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]