२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अब काठमाडौंमा भिख माग्न नपाईने

भिक्षा माग्नेलाई दुई महिना कैद तथा माग्न लागउनेलाई तीन वर्ष कैद हुने
Logo

काठमाडौं, मंसिर २४
काठमाडौं महानगरपालिकाले सडक माग्नेलाई भिख माग्न निषेध गरेको छ । महानगरले सडकमा भिख माग्न बस्नेलाई तिन दिन भित्र हट्न अल्टिमेटम समेत दिएको छ ।
भिख मागेर खानु गैर–कानुनी भएकाले कानुनालई कार्यन्यवनमा ल्याउन लागेको काठमाडौंको मेयर विद्यासुन्दर शाक्यले प्रतिक्रिया दिएका छन् ।
मुलुकी अपराधसंहिता अनुसार सडक,गल्ली बिसौनी, सरकारी कार्यलय लगाएतको सार्वजनिक स्थलमा माग्नु वा माग्न लागाउनु नहुने उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले सडकमा माग्न बस्नेलाई तीन दिनभित्र हट्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।
भिक्षा माग्नेलाई दुई महिना कैद तथा माग्न लागउनेलाई तीन वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]