२८ पुष २०८२, सोमबार
12-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अब काठमाडौंमा भिख माग्न नपाईने

भिक्षा माग्नेलाई दुई महिना कैद तथा माग्न लागउनेलाई तीन वर्ष कैद हुने
Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

काठमाडौं, मंसिर २४
काठमाडौं महानगरपालिकाले सडक माग्नेलाई भिख माग्न निषेध गरेको छ । महानगरले सडकमा भिख माग्न बस्नेलाई तिन दिन भित्र हट्न अल्टिमेटम समेत दिएको छ ।
भिख मागेर खानु गैर–कानुनी भएकाले कानुनालई कार्यन्यवनमा ल्याउन लागेको काठमाडौंको मेयर विद्यासुन्दर शाक्यले प्रतिक्रिया दिएका छन् ।
मुलुकी अपराधसंहिता अनुसार सडक,गल्ली बिसौनी, सरकारी कार्यलय लगाएतको सार्वजनिक स्थलमा माग्नु वा माग्न लागाउनु नहुने उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले सडकमा माग्न बस्नेलाई तीन दिनभित्र हट्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।
भिक्षा माग्नेलाई दुई महिना कैद तथा माग्न लागउनेलाई तीन वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]