२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

जिपि कोइराला फाउण्डेसन मोरङद्धरा वक्तृत्वकला आयोजना

आदर्श माविका कसिस महतो (प्रथम), नैना खातुन (द्धितीय) र गायत्री संस्कृत माविका अशोक प्रजा (तृतीय)
Logo

विराटनगर, पुष ४
जिपि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक वक्तृत्वकला कार्यक्रममा विराटनगरका ९ विद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । यस्तै अन्य सहभागी सवै विद्यार्थीलाई समेत प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । गिरिजाप्रसाद कोइरालाको स्मृर्तिमा छोरी सुजाता कोइरालाले स्थापना गरेको यस संस्थाले देश तथा बिदेशमा समेत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष शिबराज कोइरालाले जिपि कोइराला फाउण्डेसनले ल्याएको शैक्षिक जागरण अभियान प्रभावकारी भएको बताए । इतिहासको उजागर र अघिल्ला पुस्ताहरुले समाजमा दिएको योगदान स्मरण गर्ने कार्यक्रम फलदायी हुने बताए ।
जिपि कोइराला फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा आदर्श माविका प्राध्यानाध्यापक तुलसी प्रसाद दुलाल,बक्तृत्वकला कार्यक्रमका निर्णायक चुडामणी नेपाल,गोग्राह माविका प्राध्यानाध्यापक टंकप्रसाद सिटौला , राधाकृष्ण भुपालमान सिंह माविका डम्बर बहादुर कार्की , जिपि फाउण्डेसन मोरङका उपाध्यक्ष बेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई सह सचिव सन्तोष पोखरेल,लगायतले आ आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]