०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एक हजामले पुरा विश्‍वलाई पाठ सिकायो

किताब पढ्ने ग्राहकलाई ३० प्रतिशत छुट
Logo

काठमाडौं, पुष १०
भारतका तामिलनाडु राज्यका पोन मरियापन नामका एक हजाम अहिले समाजिक संजालमा भाईल बनेका छन् । भाइरल हुनु कारण उनले गरेको उदारणीय काम हो । मरियापनले तामिललाड्मा पुस्ताकलय सहितको एक सैलुन संचालन गरेका छन् । जसमा किताब पढ्ने ग्राहकलाई ३० प्रतिशत छुट दिने उनले व्यवस्थापन गरेका छन् ।
पुस्तकालय सहितको सैलुन खोल्नुको उद्देश्य भारतिय नागरिकलाई शिक्षित बनाउनु रहेको उनी बताउछन् । ग्राहकलाई पढ्नको लागी अभिप्ररित गर्न ३० प्रतिशत छुटको व्यवस्था गरिएको उनको भनाई छ ।
मरियापन आफैले पनि ८ कक्षासम्म मात्र अध्ययन गरेका छन् । झरझर आर्थिक अवस्थाको कारण उनले थप उच्च शिक्षा हासिल गर्न नसकेका उनी बताउछन् । कमजोर आर्थिक अवस्थाकै कराण उनले सानै उमेरदेखि एक वकिलको फर्ममा कार्यलय सहयोगीको काम गर्न थालेका थिए । उनले वकिल फर्ममा मात्र करिब ९ वर्षसम्म काम गरेको अनुभव सुनाउछन् । त्यस समयदेखिनै कानुन र अन्य विषयको किताब पढ्ने अभिरुचि उनमा बढेको बताउछन् ।
उनको सेलुन पुस्ताकलयमा ५ सय भन्दा बढी पुस्तकहरु राखिएका छन् । पुस्तकालयमा बच्चा, युवा तथा बृद्ध सबै उमेरका ग्राहकले पढ्ने खालको किताबहरु राखिएको छ । उनको पुस्ताकलयमा विषेशगरी मुलुकको आर्थिक विकाससँग संबन्धित र प्ररणादायी पाठ सिकाउने किताबहरु राखीएको छ ।
मुलुकलाई शिक्षित र संवृद्ध बनाउन सबैले आफ्नो तहबाट भुमिका खेल्नुपर्ने र सधैभरी सरकारको मुख ताक्ने प्रवृधि ठिक नभएको उनको तर्क छ ।

स्रोत : https://www.behindwoods.com/news-shots/tamil-news/tn-barber-sets-library-for-customer-to-read-in-his-shop-goes-viral.html

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]